ताजा खबर News

उपप्रधानमन्त्रीको रबैया, स्वागत नगरेको भन्दै कर्मचारीको सरुवा

उपप्रधानमन्त्रीको रबैया, स्वागत नगरेको भन्दै कर्मचारीको सरुवा

Kamal Thapa असार १२ । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा बझाङ आउँदा स्वागत सत्कार नगरेको भन्दै स्थानीय विकास अधिकारीको सरुवा गरिएको छ । आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी भएको अवस्थामा भएको उनको सरुवाले जिल्लाको विकास निर्माण प्रभावित हुने भएको छ । असार ४ गते पार्टीको कामको सिलसिलामा मन्त्री थापा बझाङ आएका थिए ।

उनी आउँदा उनको स्वागतमा जिल्ला भरीबाट आएका नेता तथा कार्यकर्तालाई होटलबास तथा मदिरापानको व्यवस्था नगरेको भन्दै थापाले आफ्ना स्वकीय सचिव दामोदर वाग्लेमार्फत स्थानीय विकास अधिकारी आत्माराम सत्याललाई २४ घण्टाभित्र सरुवा गरिदिने धम्की दिएका थिए ।

उपप्रधान मन्त्रीले जिविसको निरिक्षण गर्दा सत्यालको कार्यशैली चित्त नबुझेकाले सचिवलाई उनको सरुवाको निर्देशन दिएको वाग्लेले बताए । कर्मचारी सरुवा प्रक्रिया नियमित काम भएको भन्दै स्वागत नगरेको निहुँमा कसैको सरुवा नगराएको उनको भनाइ छ ।

kamal Thapa

विशेष