विदेशबाट फर्कदै हुनुहुन्छ ख्याल गर्नुहोस् भन्सारले समात्ला
काठमाडौ । साउनपछि विदेशबाट नेपाल फर्किदै हुनुहुन्छ भने काँचो सुन नल्याउनुहोला । सरकारले गहनाबाहेकको पचास ग्रामसम्मको सुन ल्याउन प्रतिवन्ध लगाएको छ । विदेशमा ६ महिना बसेका नेपालीले अहिलेसम्म पचास ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था थियो । तर सरकारले झिटी गुण्टा सम्वन्धी व्यवस्थामा परिवर्तन गर्दै पचास ग्रामको गहनाका सुनचाँदी वाहेक काँचो सुन ल्याउन प्रतिवन्ध गरेको हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्रयोग गरेर तस्करी बढेपछि सरकारले सुन ल्याउन प्रतिबन्ध गरेको हो । नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्किदा सुन र चाँदीको गहना पचास ग्रामसम्म मात्रै ल्याउन पाउनेछन् । ट्यावलेट वा ल्यापटप वा कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, मोबाइल फोन र पेन ड्राइभ एकर एक थान भन्सार नतिरी ल्याउन पाउनेछन् ।
नयाँ ब्यवस्था अनुसार बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एकर एक थानमा भन्सार तिर्नुपर्दैन । वैदेशिक रोजगारीमा गएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउन पाउने व्यवस्थालाई पनि यथावत राखेको छ । ३२ इन्च भन्दा ठुलो टेलिभिजन ल्याएमा अरु सरहनै भन्सार महसुल तिर्नुपर्छ ।
Airline Airport TIA Nepal