मृत्यु भएको ५० वर्ष सम्म पनि खाता बैक सञ्चालनमै
भारतका पहिलो राष्ट्रपति राजेन्द्र प्रसादको मृत्यु भएको ५० वर्ष भएको छ । तर उनको बैकमा रहेको खाता भने अझै संचालनमा रहेको भारतको नेशनल बैकमा रहेका जनाएको छ । राजेन्द्र प्रसादको बैकको खातामा कहिले १०० भारतिय रुपैया त कहिले ५०० भारु जम्मा भइरहेको बैकका अधिकारीले जनाएका छन् ।
त्यो पैसा कसले जम्मा गरेको बारेमा आफूहरु अनभिज्ञ रहेको समेत बैकका कर्मचारी बताउंछन् । बैकमा कसले पैसा जम्मा गर्छ भन्ने बारेमा उनका परिवारनै अनभिज्ञ रहेको समेत बैकले जनाएको छ । उनको खातमामा अहिले सम्म कसैले पनि दाबी नगरेको र त्यसमा जम्मा भएको पैसा शिक्षा क्षेत्रमा लगानी गर्ने डा. राजेन्द्र प्रसादकी नातिनी तारा सिन्हाले बताएकी छन् ।
Rajendra Prasad