ताजा खबर News

पहिराको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिराको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Road Block काठमाडौं, असार १२ । चितवनको नारायणगढ–मुग्लिन सडकका विभिन्न स्थानमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उक्त सडकअन्तर्गत पाँचकिलो, सेती दोभान, गौंडेलगायत स्थानमा पहिरो खसेको छ । अहिले डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विभिन्न ठाउँमा पहिरो खसेका कारण अवरुद्ध सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ । रातिदेखि बाटो बन्द हुँदा सवारी साधनको ठूलो लाइन लागेको छ । चितवनबाट काठमाडौँ र पोखरालगायत विभिन्न स्थानमा जाने आउने सयौँ सवारी बीचबाटोमै रोकिएका छन् ।

Chitwan Road Block

विशेष