अर्थ ताजा खबर News

साताको पहिलो दिन सुन ५०० रुपैयाले सस्तो

साताको पहिलो दिन सुन ५०० रुपैयाले सस्तो

Gold काठमाडौ, असार १२ । साताको पहिलो दिन आइतबार सुन तोलामा ५ सय रुपैयांले सस्तो भएको छ । आज सुनको मूल्य ५८ हजार ५ सय रुपैयां कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य ५६ हजारबाट ३ हजारले बढेर एकैदिनमा ५९ हजार रुपैयांमा पुगेको थियो । आइतबार तेजावी सुन भने ५८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चांदी प्रतितोला ५ रुपैयांले घटेर ८ सय १५ रुपैयांमा कारोबार भइरहेको छ ।

gold price

विशेष