ताजा खबर News

काग्रेसको विरोधका कारण संसद अवरुद्ध

काग्रेसको विरोधका कारण संसद अवरुद्ध

Samsad vaban काठमाडौं, असार १२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकोको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक आज पनि बस्न सकेन । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले भूकम्प पीडितहरुलाई तत्काल एकमुष्ट दुई लाख रुपैयां उपलब्ध गराइनुपर्ने माग गर्दै अवरोध सुरु गरेका थिए । उनीहरुको निरन्तरको अवरोधपछि सभामुख ओनसरी घर्तीले बैठक आधा घण्टाको लागि बैठक स्थगित गरेकी छन् । अहिले दलहरुबीच संसद भवन नयां वानेश्वरमै संसद खुलाउने विषयमा छलफल भइरहेको छ । कांग्रेसले शनिबार बसेको संसदीय दलको बैठकबाट सरकारले तत्काल भूकम्पपीडितलाई एक मुष्ट २ लाख दिने प्रतिबद्धता नजनाएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो ।

Congress Samsad

विशेष