ताजा खबर News समाज

धुर्मुस सुन्तली फाउन्डेसनलाई आंखा अस्पतालको साथ

धुर्मुस सुन्तली फाउन्डेसनलाई आंखा अस्पतालको साथ

Dhrumus काठमाडौं, असार १२ । हांस्य कलाकार धुर्मुस सुन्तलीलाई नेपाल आंखा कार्यक्रम, तिलगंगा आंखा प्रतिष्ठानले १५ लाख रुपैँया सहयोग गरेको छ । आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले बस्ती निर्माणका लागि उक्त रकम सहयोग गरेको हो । भूकम्पपश्चात शुभचिन्तकहरुबाट प्रतिष्ठानलाई प्राप्त सहयोग बस्ती निर्माणका लागिधुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको कार्यकारी निर्देशक डा. सन्दुक रुइतले बताएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सल्लाहकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य एवं गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजनाका सल्लाहकार डा. गोविन्द पोख्रेलले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई संयुक्त रूपमा चेक हस्तान्तरण गरेका छन् । डा. गोविन्द पोख्रेल र वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य प्रतिष्ठानको बोर्ड सदस्य हुनुहुन्छ भने मदनकृष्ण श्रेष्ठ बोर्ड सल्लाहकार हुनुहुन्छ । प्रतिष्ठानको उक्त सहयोगसंगै ४ करोड ९६ लाख अनुमानीत लगत रहेको गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजनाकालागि फाउण्डेशनमा हाल सम्म ३ करोड सहयोग जुटेको छ जनाएको छ ।

Dhurmus Suntali

विशेष