अपराध सुरक्षा ताजा खबर News स्वास्थ्य

लागु औषध नियन्त्रण विरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं

लागु औषध नियन्त्रण विरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं
nfu" cf}ifw cGt/f{li6«o lbj; u[xdGqL zlQmaxfb'/ a:g]t cfOtaf/ sf7df8f}Fdf nfu" cf}ifw b'?kof]u tyf cj}w cf];f/k;f/ lj?4sf] cGt/f{li6«o lbj;sf] cj;/df u[x dGqfnoåf/f k|sflzt ;'/lIft hLjg gfds k':tssf] ljdf]rg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

असार १२ । लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विविध कार्यक्रम गरी मनाउंदैछन् । लागुपर्दाथको प्रयोग र अबैध ब्यापारबाट समाजलाई मुक्त गर्ने अभियानमा विश्व समुदायलाई एकजुट हुन दिवसले आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९८७ देखि मनाउन थालिएको दिवसको यस बर्षको नारा सबैभन्दा पहिला सुन भन्ने तय गरिएको छ ।

युवा तथा बालबालिकालाई लागु पदार्थ सेवनबाट बचाउन सबैभन्दा पहिले परिवार र समाजले उनीहरुको भावना बुझ्न र सुन्न आवश्यक रहेकोमा नाराले जोड दिएको छ । विशेष गरी युवा पुस्ता लागुऔषधको दुव्र्यशनीमा फसेका कारण नागरिक स्वास्थ्य, सुरक्षा , मानवजातीको अस्तित्व र राज्यको सार्वभौमिकतामा नै जोखिम बढ्दै गएको पाइएको छ ।

विश्वका झण्डै ३ करोड लागुऔषध प्रयोगकर्ता १५ देखि ६४ बर्ष उमेर समुहका रहेको राष्ट्रसंघको तथ्यांक छ । नेपालभरमा ८५ हजार २ सय ४ पुरुष र ३ हजार ३ सय महिला लागुपदार्थको दुव्र्यशनीमा फसेको विभिन्न अध्ययनले देखाएको छ । उक्त अवसरमा नेपालमा पनि गृहमन्त्री शक्ति बस्नेतले दिवसको उद्घाटन गरेका थिए ।

Lagu Ausad

विशेष