ताजा खबर News समाज

उपप्रधानमन्त्रीका सामु सरकारी विद्यालयमा भारतको गुलामी, नेपालीको शीर निहुंराउने दृश्य

उपप्रधानमन्त्रीका सामु सरकारी विद्यालयमा भारतको गुलामी, नेपालीको शीर निहुंराउने दृश्य
ranjit-ray-top-b-raimajhi नेपाल सरकारका उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदुत रञ्जित रेका सामुन्यमा एक सामुदायिक विद्यालयका विद्यार्थीले नेपालको शीर झुकाउने गरी गीत गाएका छन् । दोष बिद्यार्थीको होइन, बिद्यार्थीलाई गीत गाउन लगाउने विद्यालयका प्रशासनको हो । तीन जनाले गाएको सो गीतमा भारतबिना नेपालले प्रगती गर्न नसक्ने भएकाले उसले जे भन्यो त्यही मान्नुपर्ने जनाइएको छ । [embed]https://youtu.be/RI-oz50Z1eg[/embed] भारतीय दुतावासद्वारा निर्मित भवनको उद्घाटनका लागि उपप्रधानमन्त्री रायमाझी र राजदुत रे काठमाडौंबाट अर्घाखांचीको जनज्योति उच्च माध्यामिक विद्यालय पुगेका थिए । असार ११ गते विद्यालय भवन उद्घाटनका क्रममा उपप्रधानमन्त्री रायमाझीकै सामु भारतको गुलामी गरिएको थियो । जिल्ला दौडमा रहेका रे नेताजस्तै फुलमालासहित दौडधुपमा रहे । उनको पछिपछि उपप्रधानमन्त्री रायमाझी देखिन्थे । भारतीय दुतावासले पछिल्लो समय सामुदायिक विद्यालयमा लगानी बढाएको छ । सानासाना बालबालिकाको मस्तिष्कमा भारतीय प्रभाव बढाउन यस्तो लगानी उपयोगी हुने गरेको छ । भारतीय दुतावासले ५ करोड सम्मको लगानी स्वविवेकले गर्न पाउने गरी सूर्यबहादुर थापा नेतृत्वको सरकारले स्विकृति दिएको थियो । जुन मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा कमल थापा थिए । अहिले थापा उपप्रधान तथा परराष्ट्रमन्त्री छन् ।

bharat ko gulami Ranjit Ray top bahadur raimajhi

विशेष