लोकमानलाई महाअभियोग लगाउन डा. केसीको माग
असार - १२ । शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले चार बुँदे माग सार्बजनिक गर्दै माग पूरा नभए असार २६ गतेदेखि आमरण अनसनमा बस्ने घोषणा गरे ।
भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने अख्तियार प्रमुख कार्की आफै भ्रष्टाचारमा लिप्त भएको, आफन्तले खोलेका मेडिकल कलेजलाई प्रवद्र्यन गर्न जिम्मेवार निकायका सरकारी पदाधिकारीलाई ब्ल्याक मेलिङ गरेको उनले अाराेप लगाए
डाक्टर केसीले चिकित्सा शिक्षा ऐनको मस्यौदामा सुधार गरेर संसदको यही अधिवेशनबाट पारित गर्नु पर्ने उनकाे माग छ । त्यस्तै माथेमा प्रतिवेदनको सुझाव विपरित काठमाडौंमा खोल्न प्रस्तावित प्रतिष्ठान सम्बन्धि संसदमा विचाराधिन विधेयक तत्काल फिर्ता गर्न र आफूसंग विगतमा भएका सहमति सम्झौता पालना गर्न माग गरेका छन् । दुई हप्ता भित्र यी मागहरु पूरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी समेत दिएका छन्।
Dr. Gobinda Kc