ताजा खबर News

१७६ सीमा स्तम्भ हराए

१७६ सीमा स्तम्भ हराए

असार - १२ । बारा जिल्लासँग भारतीय सीमा जोडिएको करिब ६० किमी पूर्वपश्चिम सीमा क्षेत्रमा रहेको सीमा स्तम्भमध्ये १७६ सीमा स्तम्भ हराएको छ । sima.jpg.pagespeed.ce.KPCTL1yNf4त्यस्तै २१९ सीमा स्तम्भ मर्मतसम्भार गरिने अवस्थामा रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी नायब उपरीक्षक निंरकार शुक्लले बताए ।

बारा जिल्लासँग जोडिएको भारतीय सीमा पूर्वपश्चिम ६० किमी क्षेत्रमा ठूलो सीमा स्तम्भ ३३, सहायक सीमा स्तम्भ ८० र सानो सीमा स्तम्भ ५७२ हुनुपर्नेमा ठूलो स्तम्भ दुई, सहायक स्तम्भ छ र सानो स्तम्भ १६८ वटा गरी १७६ सीमा स्तम्भ हराइसकेको छ भने ठूलो स्तम्भ चार, सहायक स्तम्भ २६ र सानो स्तम्भ १८९ मर्मतसम्भार गर्नुपर्ने अवस्थामा रहेको थाहा भएको छ ।

हराइराखेको सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गर्नुपर्ने र मर्मतसम्भार गर्नुपर्ने अवस्थामा रहेको सीमा स्तम्भलाई तत्काल मर्मत गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने सरोकार भएकाहरुले अनुरोध गरेका छन् । रासस

Bara Seema sthambha

विशेष