प्रधानमन्त्री ओलीको बोलीभन्दा कडा हाउभाउ
असार - १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति संसदमा अनौठो व्यवहार देखाएका छन् । कांग्रेसले पटकपटक संसद अवरुद्ध गरेकोपछि रुष्ट भएका प्रधानमन्त्री ओलीले देउवा खत्तम भन्ने संकेत गरेका हुन् ।
कुर्सीमा औंलाले ताल दिंदै हानिरहेका प्रधानमन्त्री अाेली कांगेस सभापति देउवा हिडेलगत्तै उठेका थिए । उनले देउवा 'खत्तम' भएको जनाउने गरी हात मुठी पार्दै फुकाउंदै गरेका थिए । संसदमा रहेको क्यामराले देउवा र ओलीलाई पछ्याइरहेको थियो । ओली बोलि पनि रहेका थिए । तर माइक्रोफोन नहुंदा बोली क्यामरामा खिचिएन । ओलीको आक्रोश उनको हिडाइं र व्यवहारमा प्रष्टै देखिन्थ्यो ।
KP Sharma Oli