डाक्टर केसी मानसिक रोगीः अख्तियार (विज्ञप्ती सहित)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ चिकित्सक गोविन्द केसी मानसिक रोगी भएको जनाएको छ । अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग सहित आमरण अनसन बस्ने केसीको घोषणा संगै आयोगले कडा प्रतिक्रिया जनाएको हो । आयोगले विज्ञप्ति जारी गरि कार्कीमाथि केसीले लगाएका आरोप निराधार रहेको प्रष्टाएको हो ।
शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डाक्टर केसीले अख्तियार प्रमुख लाेकमान सिंह कार्कीलार्इ महाअभियाेग लगाउनलगायत चार बुँदे माग सर्वजनिक गरेका थिए । माग पूरा नभए असार २६ गतेदेखि आमरण अनसनमा बस्ने घोषणा गरेका थिए ।