खेल ताजा खबर News

जर्मनी र बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

जर्मनी र बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

1 असार १३ । बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा हंगेरीलाई ४–० ले हराएर बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो ।

2समूह एफको विजेताको रुपमा अन्तिम १६ मा आएको हंगेरी समूह इको उपविजेता बेल्जियमसँग पराजित भएर घर फर्किन बाध्य भयो । बेल्जियमको जितमा टोबी एल्डावेरल्ड, मिचु बाट्शुयी, इडन हर्जाड र यानिक काररास्कोले एक एक गोल गरे ।

3

एल्डावेरल्डले १० औं मिनेटमा नै गोल गर्दै बेल्जियमलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको बेल्जियमले दोस्रो हाफमा थप तीन गोल गर्यो । त्यस्तै आइतबार राति नै भएको अर्को खेलमा जर्मनीले स्लोभाकियालाई ३–० गोल अन्तरले पराजित गर्दे अन्तिम आठमा स्थान बनाएको हो ।

Uro cup

विशेष