ताजा खबर प्रवास News

अमेरिका र अस्ट्रेलिया हिँडेका १६ नेपालीको उद्धार

अमेरिका र अस्ट्रेलिया हिँडेका १६ नेपालीको उद्धार

images

असार १३ । अवैध बाटो प्रयोग गरी अमेरिका र अस्ट्रेलिया जान लागेका १६ नेपालीलाई माइक्रोनेसियाबाट उद्धार गरिएको छ। उनीहरूलाई शनिबार मलेसियास्थित नेपाली दूतावासले उद्धार गरेको हो ।

फिलिपिन्सदेखि पूर्व प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुहरूको राज्य माइक्रोनेसियाले १६ नेपालीलाई पक्राउ गरेको थियो । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार उद्धार गरिएका १६ मध्ये सातलाई नेपाल फर्काइएको र बाँकीलाई फर्काउने तयारी भइरहेको छ ।नेपाली दूतावासले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उनीहरूलाई विदेशी तथा नेपाली मानवतस्करले अमेरिका तथा अस्ट्रेलिया पठाइदिन्छु भनेर मलेसिया र इन्डोनेसिया हुँदै डुंगाबाट माइक्रोनेसिया र्पुयाएका थिए ।

उनीहरू कागजातविहीन अवस्थामा थिए । नेपाल फर्किएकाहरूमा पाल्पाका वसन्तबहादुर दर्लामी, चितवनका प्रवीन लामा, मकवानपुरका सोमबहादुर लामा थिङ, इलामका सञ्जीव राई, चितवनका स्याम्युल तामाङ, धनुषाका अमितकुमार साह र चितवनका जयराम वाइबा छन् । नयाँ पत्रिका

Mofa Prabas

विशेष