ताजा खबर News

माओवादी केन्द्रमा १५१ सदस्यीय केन्द्रीय कमिटी

माओवादी केन्द्रमा १५१ सदस्यीय केन्द्रीय कमिटी

Maobadi Kendraअसार १३ । नेकपा माओवादी केन्द्रले महाधिवशेनपछि संगठन चुस्त, दुरुस्त बनाउने गरी कार्य्विधिमा छलफल थालेको छ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले कार्याविधिमाथि छलफल गरेको हो । पार्टीको संगठनात्मक कार्याविधि बनाउन १० जेठमा वर्षमान पुनको नेतृत्वमा कार्यदल गठन भएको थियो ।

विभिन्न माओवादी घटकहरूसँगको एकतापछि माओवादीको संगठनात्मक संरचना भद्दा भएको भन्दै आलोचना भइरहेका वेला उसले महाधिवेशनपछि संगठनलाई प्रभावकारी बनाउने गरी कार्याविधि तयार पारेको छ । माओवादीले आगामी माघसम्ममा महाधिवेशन गर्ने तयारी थालेको छ । माओवादी केन्द्रले केन्द्रीय कमिटीलाई समानुपातिक बनाउने भएको छ । केन्द्रीय कमिटी भने १ सय ५१ सदस्यीय हुनेछ । जसमा ५० प्रतिशत खुला, ४० प्रतिशत विशेष व्यवस्था र १० प्रतिशत मनोनयनको व्यवस्था गर्ने मापदण्ड माओवादीले बनाएको छ ।

Maosist Prachjanda

विशेष