अर्थ ताजा खबर News

पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन विलासी सुविधा दिने तयारी

पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन विलासी सुविधा दिने तयारी

money

असार १३ । सरकारले पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन विलासी सुविधा दिन विधेयक ल्याउने तयारी गरेको छ । गृहमन्त्रालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसहितका पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन मासिक वृत्ति, आवास, विलासी गाडीको सुविधा दिन विधेयक मस्यौदा गरी सहमतिका लागि अर्थमन्त्रालय पठाएको छ ।

अर्थबाट सहमति आएपछि गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले विधेयक चालु संसद बैठकमा लाने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्रीहरु बाबुराम भट्टराई सुशील कोइरालाका पालामा सरकारले पूर्वपदाधिकारीहरुलाई आजीवन विलासी सुविधा दिन संसदमा विधेयक दर्ता गरेको थियो ।

सक्रिय पदीय राजनीतिमा रहेका पूर्वप्रधानमन्त्री तथा पूर्वसभामुखहरु र राज्यबाट पेन्सन सुविधा पाइरहेका पूर्वप्रधानन्यायाधीशहरुलाई आजीवन मासिक वृत्ति, आवास र चालक तथा इन्धनसहित विलासी गाडी सुविधा दिने तयारीको तीव्र विरोध भएपछि भट्टराई र कोइरालाका पालामा विधेयक फिर्ता भएको थियो । वर्तमान सरकारले पुनः पदाधिकारीहरुलाई आजीवन सुविधा दिन विधेयक अघि बढाएको हो कान्तिपुर

baburam Finance Ministry

विशेष