अपराध सुरक्षा अर्थ ताजा खबर News

सिंहदरबार भित्रै अनियमितता

सिंहदरबार भित्रै अनियमितता

Pmo-Office

असार १३ । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै निर्माणमा अनियमितता हुने गरेको पाइएको छ । संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनले सिंहदरबारभित्रकै निर्माणमा गैरजिम्मेवारीपना र अनियमितता हुने गरेको औँल्याएको हो । सांसद विकास लम्सालको संयोजकत्वमा गठन भएको उपसमितिले सिंहदरबारभित्रको सडक, भवन, नाली निर्माण तथा मर्मतलगायतका कार्यमा गैरजिम्मेवारीपना र अनियमितता भएको ठहरसहितको प्रतिवेदन बनाएको छ ।

गैरजिम्मेवारीपना भएको उल्लेख गरिएको कहाँ–कहाँ र कसरी अनियमितता भयो भन्ने स्पष्टसँग उल्लेख नगरिएपनि स्थलगत निरीक्षणका क्रममा सम्झौताअनुसारको काम पूरा नगरिएको, मापदण्डविपरीत कार्य गरेको, सरकारी निकायबीच समन्वय नभएको, काम अलपत्र छोडेकोलगायत अनियमितता उल्लेख छ । यो प्रतिवेदनसँगै सिंहदरबारभित्रकै निर्माणमा त उचित रुपमा काम हुँदैन भने दूरदराजको अवस्था के होला भन्ने गम्भीर प्रश्न उठाएको छ। उपसमितिका संयोजक लम्सालले आइतबार सो प्रतिवेदन लेखा समितिका सभापति जनार्दन शर्मालाई बुझाएका छन् । राजधानी दैनिक

Correption kathmandu PM Nepal Singh Darbar

विशेष