ताजा खबर विदेश News

इटालीमा २० वर्षदेखि फरार मोस्ट वान्टेड माफिया पक्राउ

इटालीमा २० वर्षदेखि फरार मोस्ट वान्टेड माफिया पक्राउ

ge असार १३ । बिस वर्षदेखि फरार इटालीका मोस्ट वान्टेड माफियालाई प्रहरीले पक्राउ गरेको छ । फरार ४६ वर्षे अरनेस्टो फजालारीलाई इटालीको दक्षिणी क्षेत्र बलाब्रियाबाट गिरफ्तार गरिएको हो । पुलिसले उनलाई पक्रेको बेला उनी एक महिलासँग थिए । हत्याको आरोपमा उनी विरुद्ध अदालतले आजीवन जेल सजाय सुनाएको थियो । अरनेष्टो इटालीको सबैभन्दा शक्तिशाली माफिया गुट न्ड्रांगेटाको प्रमुख हुन् । यो समूहले युरोपमा कोकिनको कारोबार ठूलो मात्रामा गर्ने गरेको पाइन्छ । अरनेष्टो माथि हत्या गरेको आरोपमा मुद्धा चलेको थियो । अदालतबाट उनलाई दोषी ठहर भएपछि उनी भाग्गै आएका थिए ।

Italy

विशेष