भारतीय दुतावास यसरी बन्यो नेपालको अर्को सरकार
भारतीय दुतावासले बनाइदिएको भवनको उद्घाटन गर्नेक्रममा शनिबार अर्घाखांचीको जनज्योती विद्यालयका विद्यार्थीलाई भारतको गुलामी गर्न लगाइयो । भारतले जे भन्यो त्यही नेपालले मान्नुपर्ने, भारतलाई छोडेर अरुसंग हात मिलाउन नहुनेजस्ता सार्वभौमसत्ता विरोधी गीत गाउन विद्यार्थी बाध्य बनाइए । तीन जना अबोध बालिकाले गाएको त्यो गीतमा बिषको मात्रा कति छ भन्ने उनीहरुलाई के थाहा ? नेपाललाई धज्जी उडाइएको र भारतको जयजयकार गरिएको सो सन्दर्भ कुनै घटना होइन, देशभरिकै प्रवृत्ति हो ।
https://youtu.be/RI-oz50Z1egआठ कोठे भवन बनाइदिएर भारतीय दुतावासले सो विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई गुलाम बनाउने प्रयास गर्यो । गाऊमा विकास ल्याइदिएको भन्दै चुनावी आधार तयार गर्न पुगेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझी आफैं गुलामी गरिरहेका थिए । उनी भारतलाई शीरमा राखेर नेपाललाई तिर हानिएको घटनाको साक्षी बने । दुई दिन अर्घाखांची रहेका राजदुत रेले उपप्रधानमन्त्री रायमाझीलाई पछि लगाउंदै ३ वटा विद्यालयको भवन उद्घाटन गरे । यो त अर्घाखांचीको कुरा भयो । दिनहुंजसो राजदुत रे विभिन्न जिल्लामा देशको प्रधानमन्त्रीजस्तो शिलन्यास र उद्घाटनमा व्यस्त रहन्छन् । नेता र स्थानीय अगुवा दुतावासमा योजना पाउं भनि हातपाउ जोडिरहेका हुन्छन् । गाऊमा विकास नलगे नेता हुन नपाइने भएपछि देशै भरिका मन्त्री, सभासद्, स्थानीय नेता र अगुवाले दुतावासको दैलो धाउंन बाध्य छन् । ‘नेपालको योजना आयोगमा गयो भने बजेट पाइने कहिले कहिले, राजदुतलाई रिझाइयो भने तुरुन्तका तुरुन्तै’ यो मनोविज्ञान देशैभरि फैलिएको छ ।
यहांबाट शुरु भयो यस्तो प्रवृत्तिजनआन्दोलनताका गृहमन्त्री रहेका कमल थापा १ दशकको अन्तरालमा सिंहदरबारमा पुर्नस्थापित भएका छन् । राजतन्त्रको अन्त्य भएपछि उनले राष्ट्रियताको नारा चर्को गरी उठाए । वाकपटुताका धनी थापाले विगतलाई पूरै विर्साउन सफल भए । जब सरकारमा गए उनको अवसरवादी शैली पुनः देखियो । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी एकपछि अर्को गरी परराष्ट्रमन्त्री र गृहमन्त्री बने ।
सूर्यबहादुर थापा प्रधानमन्त्री हुंदा उनी शक्तिशाली मन्त्री थिए । सानो मन्त्रीपरिषद्मा थापाहरुको बर्चश्व थियो । त्यतिबेला थापाहरु नै प्रधानसेनापति, प्रहरी प्रमुख र सशस्त्र प्रमुख थिए । राजा देखि सुरक्षाकमाण्ड समेत क्षेत्रीको हातमा रहेको सो समय क्षेत्रीय बंशको शासनजस्तो देखिन्थ्यो । तर त्यहीबेला नेपालमाथि धोका भयो ।
भारत नेपालमा प्रभाव विस्तार गर्न आफुखुशी लगानी गर्न चाहन्थ्यो । पंचायतकालदेखि उसले सो प्रयास गर्दै आएको थियो । बहुदलमा पनि सोका लागि नेपालका प्रधानमन्त्रीलाई दबाब दिइयो । टारिंदै आएको सो प्रस्ताव सूर्यबहादुर थापा नेतृत्वको प्रधानमन्त्रीत्व कालमा पारित भयो । भारतीय दुतावासले नेपाल सरकारको स्विकृति नलिइ उसैले ईच्छाएको ठाऊंमा तीन करोडसम्म लगानी गर्न पाउने भयो । पछि डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा ३ करोडलाई बढाएर ५ करोड बनाइयो । भारतीय दुतावासले यसरी बढीमा ५ करोडसम्मका योजना देशका विभिन्न ठाऊंमा एकसाथ अघि बढाउन पाउने भयो । धेरथोर लगानी गाऊंघरमा भित्रिएपछि गाऊबासीपनि खुशी हुने भए । सांसद र नेतापनि विकास भित्र्याउन सकेकोमा लाभान्वित हुंने भए । भारतलेपनि रणनैतिक महत्वको ठाऊंमा लगानी गर्ने र आफ्नो प्रभाव विस्तार गर्ने मौका पायो । ठगियो केबल देश !
कमल थापाको दोहोरो चरित्र
कमल थापा प्रधानमन्त्री पछिको शक्तिशाली दोस्रो मन्त्री हुंदा भारतीय दुतावासलाई स्वविवेकले लगानी गर्न दिने निर्णय सरकारले गरेको हो । एक अन्र्तवार्तामा उनले सो निर्णय गल्तीवश भएको स्विकार गरेका थिए । सोही निर्णयका कारण भारतीय दुतावासले समानान्तर सरकार चलाउने अवसर पाएको भन्दै उनले सच्चाउनुपर्ने बताएका थिए । एककदम अघि बढ्दै उनले भनेका थिए,‘अरु पार्टीले के गरेका छन् थाहा छैन, हाम्रो पार्टीले घोषणापत्रमै भारतीय दुतावासलाई समानान्तर सरकार चलाउन दिन हुंदैन भनेर लेखेको छ । यो निर्णय सच्चाउनुपर्छ । यत्ति भनौं त्यतिबेला मन्त्रिपरिषद्मा छलफल नै नगरिकन सो निर्णय भएको थियो ।’
https://youtu.be/n_Nfja-fj2Iडेढ बर्षअघि बोलेको यो बोली पूरा गर्ने ठाउंमा कमल थापा अहिले छन् । सरोकारवाला परराष्ट्र र स्थानीय मन्त्रालय दुबैको उनी आफैं मन्त्री हुन् । भारतीय दुतावासलगायत कुनैपनि दातृ निकायले आफुखुशी लगानी गर्न नपाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्न उनलाई कसैले रोक्न सक्दैन । प्रस्ताव पास नभए दोष उनको हुनेछैन । तर, थापा त्यसो गरिरहेका छैनन् । यसबारेमा उनी प्रतिक्रिया दिनसमेत तयार छैनन् । अवसरपरस्त र ढोंगी प्रवृत्तिको आरोप उनीमाथि उहिल्यैदेखि लाग्ने गरेको छ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबाहुर चन्दले थापालाई मुसा प्रवृत्तिको व्यक्ति भनि २० बर्ष अघि टिप्पणी गरेको त्यसै होइन रहेछ ।
दुतावासको लगानीले के बिगार्छ ?
नेपाल सरकारले चाहेरपनि भारतमा साइकलसमेत वितरण गर्न सक्दैन । भारत सरकारले दिदैन । कुनैपनि स्वाधीन र स्वाभीमानी देशमा विदेशीले मनलाग्दि सहयोग वितरण गर्न पाउंदैनन् । तर, नेपालमा अचम्मै भएको छ । कतिपयलाई लाग्नसक्छ, सहयोग आयो त के विग्रियो ? दुईचार ठाऊंको विकास भएकै छ । सहयोग नेपालको आवश्यकता र योजनाअनुसार लिइनुपर्छ । नेपाल सरकारले सहयोग लिनसक्छ तर सोको वितरण आफ्नो मातहतमा गर्नुपर्छ । विश्वव्यापी प्रचलन यही हो । देशको सार्बभौमसत्ता भन्दा ठूलो कसैले दिएको भीख हुन सक्दैन ।
लगानीका नाममा बेरोकटोक दुतावासले देशका कुनाकाप्चामा आफ्नो संजाल फैलाएको छ । दुतावासमा जाने डेलिकेसन टोली र स्थानीय अगुवा भारतीय दुतावासको एजेन्टमा परिणत भइरहेका छन् । उनीहरु आफैंलाई थाहा भइसकेको हुंदैन एजेन्ट भएको तर उनीहरुबाट सूचना लिने काम दुतावासले गरिरहेको हुन्छ । ऐनमौका र चाडपर्वमा दुतावासका तर्फबाट स्तर हेरी उपहार पठाइने गरिन्छ । उपहारको नशा अंगअगंमा परेपछि ऊ भारतको भक्त हुन्छ । अगुवा नै भारतमुखी भइदिएपछि पछुवाहरुको मानसिकता के हुन्छ ? भनिरहनै परेन । भारतले लगानीका नाममा नेपालको सामारिक महत्वका भुभागमाथि अनियन्त्रितरुपमा निगरानी राख्न पाएको छ ।
भोलिका दिनमा गोपनियता भन्ने केही रहनेछैन । भारतले लगानी दलका नेता र स्कुले विद्यार्थीलाई केन्द्रमा राखेर गरेको देखिन्छ । नेतालाई विकास दिएर गुलाम बनाउने र जनतामा पकड फैंलाउने उसको रणनीति छ । अर्घाखांचीमा उपप्रधानमन्त्री रायमाझी विकास लिएर शानका साथ पुगे । तर, अन्त्यमा उनले नेपालको स्वाभिमानमाथि प्रहार गरे । त्यहांका विद्यार्थीलाई भारत नभइ देशको विकास सम्भव छैन, भारतले जे भन्छ त्यहीं मान्नुपर्छ भन्ने सन्देश दिइयो । कुनैपनि स्वाभिमानी देशलाई क्रिडास्थल बनाउने यो भन्दा अर्को काइदा के होला ? करोडको मुख हेरेर स्वाभीमानलाई कौडीमा तौलिएको छ । यो दिन ल्याउन जिम्मेवार कमल थापा अहिलेपनि राष्ट्रियताको भाषण गर्न ब्यस्त छन् ।
Foreign Aid India Indian Embassy Nepal kamal Thapa Real Face of Nepal