मेस्सीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास, समर्थकहरु स्तब्ध

असार १३ । अर्जेन्टिनाका स्टार खेलाडी लियोन मेस्सी अब राष्ट्रिय टिमबाट बिदा भएका छन् । कोपा अमेरिका कपमा चीलीसंग पेनाल्टी सुटआउटमा पराजित भएसंगै उनले अर्जेन्टिनाबाट नखेल्ने घोषणा गरेका हुन् । अन्र्तराष्ट्रिय खेलकुदमा सबैभन्दा खराब प्रर्दशन गरेका मेस्सीले फाइनलमा चीलीसंग पेनाल्टी मिस गर्दा उनका समर्थकलाई स्तब्ध बनाएका थिए । २९ वर्षे खेलाडी मेस्सी सन् २००५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले आजसम्म अर्जेन्टिनाबाट १ सय १२ औं पटक खेल्दै विदा भएका छन् ।