कभर स्टोरी ताजा खबर News समाज

दुई क्षेत्रीको लडाई, कस्को होला भलार्इ ? अख्तियारको विज्ञप्तिबाट उठेको प्रश्न

दुई क्षेत्रीको लडाई, कस्को होला भलार्इ ? अख्तियारको विज्ञप्तिबाट उठेको प्रश्न

100 बरिष्ठ चिकित्सक गोविन्द केसी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की दुबै क्षेत्री हुन् । पदिय हिसावले शक्तिशाली नभएपनि प्रभावका दृष्टिले सरकारलाई झुकाउन सक्ने क्षमता केसीमा छ । अख्तियार प्रमुख कार्की त पदलेपनि शक्तिशाली छन्, स्वाभावैले शासक हुन् । यि दुई क्षेत्रीको जुहारी रोचक हिसावले हेरिएको छ । यादववंशी अर्थात यदुवंशी राज्य भाइभाइको कलहले समाप्त भएझैं आफुहरुको लडाइबाट अरुले रजाईं गर्न खोजेको अख्तियार प्रमुख कार्कीको आशंका छ ।

केसीले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनुपर्ने र दोषि आयुक्तलाई कारवाही गर्नुपर्नेसहितको चार बुंदे माग अघि सारेका छन् । माग पूरा नभए असार २६ बाट आमरण अनसन बस्ने उनले चेतावनी दिएका छन् । जब्बर केसीको आठौं अनसनले अख्तियारलाई निशाना बनाएको छ । कार्कीमाथि केसीले आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिटको भर्ना र निश्चित शुल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेको भ्रष्टहरुलाई सरंरक्षण दिएको, जिम्मेवार पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजिनामा गर्न बाध्य पारेको तथा कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

कार्कीको प्रत्युत्तर

संवैधानिक आयोगका प्रमुख लोकमान सिंह कार्कीले चिकित्सक केसीको आरोपलाई अख्तियारकै लेटरप्याडमा गालीगलौजकै शैलीमा प्रत्युत्तर फर्काएका छन् । प्रवक्ता कृष्णहरि पुष्करमार्फत जारी गरिएको विज्ञप्ती निकै आक्रामक छ । महाअभियोगको मागलाई कडारुपमा भत्र्सना गरिएको अख्तियारको जवाफमा केसीले लगाएका आरोप पुष्टि भएमा कार्कीले पदिय जिम्वेवारीबाट सन्याश लिने जनाइएको छ । संवैधानिक आयोगले जारी गरेको विज्ञप्तिमा केसीलाई मानसिक सन्तुलन गुमाएको समेत भनिएको छ । विज्ञप्तिमा ‘डाक्टर केसीको मानसिक उपचारको शीघ्राधिशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसंग आग्रह गर्दछ’ भनिएको छ ।

आयोगले डाक्टर केसीलाई भ्रष्ट्रहरुको माखेसाङ्लोमा जेलिएको र कुसंगतमा लागेर प्रयोजित अभियन्ता बन्न खोजेको आरोप लगाएको छ । यहानिर प्रश्न उठ्छः आयोगले केसीलाई जेलिराख्ने भ्रष्टहरुलाई चिनेरपनि किन छाडेको ? किनकी भ्रष्टचार नियन्त्रण गर्ने दायित्व उसैको हो । शब्दको भकारीजस्तो लाग्ने आयोगको विज्ञप्तिमा कैयौं सन्दर्भ उसैका लागि प्रश्न बन्ने खालका छन् ।

क्षेत्रीको लडाइ बाहुनको भलाइ

धर्मशास्त्रमा क्षेत्रीले राज्यको रक्षा गर्ने र ब्राह्मणले क्षेत्रीलाई अर्तिउपदेश दिने उल्लेख छ । धर्मशाशास्त्र अनुसार निर्देशक बाहुन हो भने कार्यान्वयनकर्ता क्षेत्री हो । क्षेत्री क्षेत्री मिलेर ब्रहमणमाथि प्रहार भए ब्रहमणले क्षेत्रीक्षेत्रीमा फुट ल्याउनुपर्ने सन्दर्भपनि उल्लेख छ । अख्तियार प्रमुख कार्कीले केसीद्वारा राखिएको आफुविरुद्धको महाअभियोग प्रस्तावलाई बाहुन अर्थात कनकमणि दिक्षितको उक्साहटमा गरिएको कदमका रुपमा अर्थाउन खोजेका छन् । अख्तियारको विज्ञप्तिमा भनिएको छ, मेडिकल माफियासंग डा. केसीको सानिघ्यता, आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरी स्वघोषित नागरिक अगुवा तथा संगठित अपराधी र भ्रष्टहरुसंगको उहांको सांठगांठ आयोगको दृष्टिबाट ओझेलमा छैन ।’

आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरी स्वघोषित नागरिक अगुवा भनेर आयोगले कनकमणी दिक्षितलाई संकेत गरेको प्रष्टै बुझिन्छ । दिक्ष्ँित आचार्य कूलका ब्राह्मण हुन् ।

अख्तियारको गिरेको साख

नेपालआजले अख्तियार र केसीको दोहोरीका बारेमा प्रतिक्रिया लिने केही जानकारलाई सम्पर्क गरेको थियो । उनीहरुले अफ द रेकर्डमा धेरै कुरा बोलेपनि अख्तियारको मामिलामा नपर्ने स्पष्ट गरे । उनीहरु सबैको एउटै धारणा थियो, ‘केसी व्यक्ति हुन् । उनका क्रियाकलापलाई लिएर संवैधानिक आयोगले जुनस्तरमा प्रतिवाद ग¥यो त्यो सोभनिय छैन ।’ आयोगले केसीलाई भ्रष्टहरुको संगतमा रहेको, भ्रष्टहरुको माखेसाङ्लोमा परेको तथा मेडिकल माफियाको उक्साहटमा लागेको आरोप लगाएको छ । तर, भ्रष्टहरुमाथि अनुसन्धान गर्ने, माफियाहरुलाई निगरानी राख्ने र उनीहरुमाथि कारवाही गर्ने दायित्व अख्तियारकै हो । अख्तियारले केसीमाथि विद्यार्थी संगठनले झैं गाली गर्नुको साटो उनलाई घेरावन्दीमा पारेका भ्रष्टहरुलाई कारवाही गरे राम्रो हुने धेरैको टिप्पणी छ । अख्तियारको अनुसन्धानबाट जब भ्रष्टहरु जेलमा हुनेछन्, माफियाहरुको भागाभाग हुनेछ तब गोविन्द केसी स्वतः ‘भ्रष्टहरु’को संगतबाट मुक्त हुनेछन् ।

(यहां प्रयोग गरिएको धर्मशास्त्रको दृष्टान्त जातिय विद्वेष फैलाउने नियतले राखिएको होइन । प्रसंग मिलेको र अख्तियारको विज्ञप्तिका कतिपय पाटा केलाउने अर्थमा राखिएको हो । –सम्पादक)

Aktiyar

विशेष