ताजा खबर News

प्रधानमन्त्री पुगे निर्वाचन आयोग

प्रधानमन्त्री पुगे निर्वाचन आयोग

pm काठमाडौं असार, १३ । प्रधानमन्त्री केपी ओलीसहितको टोलीले निर्वाचन आयोग पुगेको छ । प्रधानमन्त्री, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुन मन्त्री अग्नि खरेल, मुख्य सचिव सोमलाल सुवेदी तथा एमाले महासचिव इश्वर पोखरेल निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्न आयोग पुगेका हुन् । अहिले प्रधानमन्त्री सहितको टोलीले आयोगका पदाधिकारीसँग छलफल गरिरहेको छ ।

निर्वाचन आयोगका उपसचिव एकनारायण शर्माका अनुसार सरकारले संविधान कार्यान्वयन गर्न भन्दै तीनवटै ०७४ माघसम्म सबै निर्वाचन गरिसक्ने कार्ययोजना सार्वजनिक गरेपछि सोही विषयमा छलफल गर्न प्रधानमन्त्री सहितको टोली आयोग पुगेको हो ।

मन्त्रीपरिषदले ०७४ माघभित्र स्थानीय निकाय, प्रदेश र संघीय संसदको निर्वाचन गर्ने कार्यतालिका मन्त्रिपरिषदले पारित गरेको थियो। सो कार्यतालिका व्यवस्थापिका संसदमा पेश भइसकेको छ। कार्ययोजनामा आगामी जेठमा स्थानीय निकायको र आगामी वर्ष वैशाखमा प्रदेशको र सोही वर्षको मंसिरमा संघीय संसदको निर्वाचन गर्ने रोडम्याम मन्त्रिपरिषद बैठकले पारित गरेको थियो ।

KP Oli PM Nepal

विशेष