News

मुग्लिन–नारायणगढ सडकखण्डको अबरुद्ध बाटो खुल्यो

मुग्लिन–नारायणगढ सडकखण्डको अबरुद्ध बाटो खुल्यो
असार -  १३ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको विभिन्न क्षेत्रमा खसेको पहिरो पन्छाएपछि आज दिउँसोबाट गाडी सञ्चालनमा आएको छ । bus साेमबार बिहान ५ बजे खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो । दिउँसो साढे एक बजेपछि गाडी सञ्चालनमा ल्याइएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । बिहानैदेखि जाममा परेका गाडी सयौँको सङ्ख्यामा रहेकाले सवारी आवागमन सहज हुन केही घन्टा लाग्ने कुँवरले जानकारी दिए । पहिरोका कारण यहाँ आज आठ घन्टाभन्दा बढी समयदेखि गाडी बीचबाटोमै रोकिएका छन् । उक्त सडकको नौ किलो, चार किलो भन्ने स्थान र सेतीदोभानमा पहिरो खसेर बिहानैदेखि सडक बन्द भएको थियो । प्रहरीका अनुसार डोजर र लोडरको सहायतामा प्रहरीले बाटो खुलाएको हो । सडक खुलेसँगै चितवनबाट काठमाडाैँ, पोखरालगायत क्षेत्रमा आवतजावत गर्ने सवारी गन्तव्यतर्फ लाग्न थालेका छन् । तर गाडीको चाप रहेकाले यातायात सहज पार्न समस्या परिरहेको छ । उक्त सडक विस्तारका क्रममा विभिन्न क्षेत्रमा माटो खनिएकाले सानो पानी पर्दासमेत पहिरो खस्दै आएको छ । चितवनको अति व्यस्त हुने मुग्लिन–नारायणगढ सडकमा पहिरोका कारण यात्रुले दैनिक सास्ती भोग्दै आएका छन् । रासस

bato khulyo mugling-naryangadh

विशेष