अपराध सुरक्षा ताजा खबर News

जिविस प्राविधिकलाई विप्लव माओवादीको कालोमाेसो

जिविस प्राविधिकलाई विप्लव माओवादीको कालोमाेसो
असार - १३ । जिल्ला विकास समिति कालीकोटका प्राविधिक जनक रोकायालाई सोमबार विप्लव नेतृत्वको ने क पा माओवादीले कालोमोसो दलेको छ । janak rokaya जिल्लाकाे याेजनामा भ्रष्टचार गरेकाे अाराेप लगाउँदै माअाेवादीले उनलार्इ कालीकोटको सदरमुकाम मान्मको विच बजारमा कालाे माेसाे दलेकाे हाे । रोकायले एक करोड भन्दा ठुला योजनाहरुमा दुईदेखि तीन लाखसम्म कमिशन माग्ने गरेको माअाेवादीकाे अाराेप छ । घटनामा संलग्न भएको आरोपमा माओवादीका भेरी कर्णालि मुक्ति मोर्चाका कर्णाली संयोजक कर्ण बहादुर भण्डारी (विराट)लाई जिल्ला प्रहरी कार्यालय कालीकोटले नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षक टेक बहादुर जोराले घटनामा संलग्न अन्यकाे खोजि भइरहेकाे बताए ।

biplap mawobadi

विशेष