ताजा खबर News

चौथो दिन पनि प्रधानमन्त्रीलाई बोल्न रोक, संसद खुलाउने प्रयास जारी

चौथो दिन पनि प्रधानमन्त्रीलाई बोल्न रोक, संसद खुलाउने प्रयास जारी
काठमाडौं, १३ असार– आफैंले उठाएका प्रश्नवारे जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवरोध गरेको प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारुढ दलहरुको वार्ता संसद भवन सिंहदरवारमा भइरहेको छ । पुनर्निर्माणवारे प्रधानमन्त्री ओलीसँग जावाफ माग्दै आएको कांग्रेसले प्रधानमन्त्रीलाई जवाफ दिनबाट ४ दिनदेखि रोक्दै आएको छ । samsad सोमबारको संसद बैठकमा पनि प्रधानमन्त्री ओलीले कांग्रेसले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । तर, सभामुख ओनसरी घर्तीले बैठक सुरु गर्नासाथ कांग्रेस सांसदहरुले उठेर अवरोध गरेका थिए । बैठकमा कांग्रेस नेता तथा सांसद रामशरण महतले भूकम्प पीडितका लागि घर बनाउन एकमुष्ट २ लाख रुपैयाँ दिनु पर्ने माग राख्दै आफूहरुले वाध्य भएर संसद अवरोध गरेको वताउनु भएको थियो । कांग्रेसको अवरोधपछि सभामुख घर्तीले साढे ३ बजेसम्मका लागि बैठक स्थगित गर्नु भएको छ । संसद अवरोध भएपछि प्रधानमन्त्री ओली, उपप्रधानमन्त्रीहरु, माओवादी नेता कृष्णबहादुर महरा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतका नेताहरु संसद खुलाउन सहमति जुटाउन वार्तामा सहभागि हुनु भएको छ । संसद भवनस्थित प्रधानमन्त्रीको च्याम्बरमा सत्ता र प्रतिपक्षका नेताबीच वार्ता भएको हो ।

samsad abrudha

विशेष