ताजा खबर News समाज

बाटो परीवर्तन गर्दै भारत पुर्याउने दाउ

बाटो परीवर्तन गर्दै भारत पुर्याउने दाउ
कपीलबस्तु १३ असार । मानव तस्करीमा संलग्न एक विचौलिया कपिलवस्तुको कृष्णनगरबाट पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध क्रियाशिल संस्था के.आई. नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राजश्व भन्सार सुरक्षा गुल्म कृष्णनगरको संयुक्त टोलीले विचौलियालाई पक्राउ गरेको हो । hatkadi पक्राउ परेका विचौलिया सल्यान जिल्लाको हिलोन्च १ का ३६ वर्षीय बेलबहादुर विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । विभिन्न प्रलोभनमा पारी हंशपुर  २, प्युठानकी नाम परिवर्तित सुनिला र बाङ्गेसाल  ६, प्युठानकी नाम परिवर्तित विपसालाई सीमा कटाउने क्रममा शंकाका आधारमा नियन्त्रणमा लिएको हो । विचौलियाले पीडित सुनिलासँग चिनजान गरी समय समयमा मोबाईलमा रिचार्ज गरिदिने काठमाण्डौ लगायत ३ ठाउँमा घर भएको र भारतमा आफ्नै कम्पनी भएको भनी विभिन्न किसिमबाट प्रलोभनमा पारिएको अनुसन्धानका क्रममा खुलेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जय रिजालले जानकारी दिए । पटक पटक गरी धेरै महिलालाई ओसारपसार गर्ने गरेको बुझिएपछि कानुनी प्रकृया अगाडि बढाइएको रिजालको भनाई छ । चन्द्रौटाबाट सीमासम्म मोटरसाईकलमा ल्याउने र सीमामा कसैले सोधेमा श्रीमान् बिरामी हुनुहुन्छ भनेर सिकाई चोर बाटो प्रयोग गरी भारत छिराउने गरेको सोधपुछ गर्दा खुलेको के.आई. नेपालका जिल्ला संयोजक केसर बिश्वकर्माले बताए ।धेरै पैसा हुने भनी प्रलोभनमा पारी सुनिला लाई भालुवाङ्ग बोलाई मोटरसाईकलमा राखी भारतसम्म पुर्याएको र विपसालाई चन्द्रौटा बोलाई पुनः मोटरसाइकलमा लिएर आउँदा सीमा निगरानी कडा देखेपछि निज पीडितलाई पैदल हिड्न लगाई जाँदै गर्दा सशस्त्र प्रहरीले रोकेपछि बिचौलियाले अर्को बाटो मोटरसाईकल लिई भारत छिरेको के.आई. नेपाल कृष्णनगर संयोजक विश्वकर्माले जनाए । पक्राउ परेका विकलाई मानव बेचविखन तथा ओसारपसार विरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक रिजालले बताएका छन । उद्धार गरिएका दुई किशोरी भने केआई नेपालको आपतकालिन गृहमा राखिएको छ । पीडितको आफन्त सम्पर्कमा आइृसकेको र किशोरीहरुलाई घर फिर्ता गर्न सफल भएको के.आई. नेपालले जनाएको छ । सीमानाकामा कडाई संगै धेरै बिचौलिया नियन्त्रणमा आउन थालेको प्रहरी निरीक्षक रिजालले बुझाई छ ।

विशेष