ताजा खबर News

हेलिकप्टर दुर्घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

हेलिकप्टर दुर्घटनाका मृतक परिवारलाई आर्थिक सहयोग
असार - १३। विनाशकारी भूकम्पपछि खोज तथा उद्धारका खटिएका बेला हेलिकप्टर दुर्घटनमा परी मृत्यु भएका सैनिक परिवारलाई आज राहत प्रदान गरिएको छ । Money अमेरिकास्थित सिकागो निवासी नेपाली समुदायको समन्वयमा सङ्कलित रकम रु एक लाख ६३ हजार ५६० आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई हस्तान्तरण गरेका छन् । उक्त रकम दुर्घटनामा परी मत्यु हुने सहसेनानी तपेन्द्रबहादुर रावल र जमदार वसन्तबहादुर तितराको परिवारलाई रु ८१ हजार ७८० प्रदान गर्न उक्त कार्यक्रममार्फत नेपाली सेनालाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भूकम्पपछिको खोज तथा उघारका लागि दोलखाको सुनखानी क्षेत्रमा गएको अमेरिकी सेनाको हेलिकप्टर वैशाख २९ गते दुर्घटना हुँदा अमेरिकी सेनासहित नेपाली सेनाका सहसेनानी तपेन्द्रबहादुर रावल र जमदार वसन्तबहादुर तितराको मृत्यु भएको थियो । रासस

Bhukampa Pidit helicopter durghatana

विशेष