विदेश

इन्डोनेसियामा डुङ्गा दुर्घटना, छ जना बेपत्ता

इन्डोनेसियामा डुङ्गा दुर्घटना, छ जना बेपत्ता

असार - १३ । इन्डोनेसियाको सुदूरपूर्वी पपुवा प्रान्तमा १३ जना मानिस लिई हिँडेको डुङ्गा आइतबार राती नदीमा डुब्दा ६ जना बेपत्ता भएको यहाँको प्रशासनले बताएको छ । indonesiaसानो डुङ्गामा अत्यधिक तौल हुनेगरी यात्रु लिएर हिँडेको बेला आएको पानी सहितको हुरीका कारण आएका छालको पानी डुङ्गामा पसेपछि उनीहरु पानीमा डुबेको थिए । घटनामा छ जना बेपत्ता भए पनि सात जनालाई सुकुशल उद्धार गरिएको राष्ट्रिय खोज तथा उद्धार कार्यालय मार्सुदीले सिन्ह्वालाई फोनमार्फत जानकारी दिएको छ ।

Indonesia boat accident

विशेष