ताजा खबर News

संसदमा काँग्रेसको अवरोधले लोकतान्त्रिक संस्कारको उपहास – नेता नेपाल

संसदमा काँग्रेसको अवरोधले लोकतान्त्रिक संस्कारको उपहास – नेता नेपाल

काठमाडौँ, १३ असार । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रमुख विपक्षी दल नेपाली काँग्रेसले संसद्मा अवरोध गरेर लोकतान्त्रिक संस्कारको उपहास गरेको बताएका छन् । madhav-kumar-nepal.-harekpalpgपुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘पुष्पलालः व्यक्तित्व र कृतित्व’ विषयको विचार गोष्ठीमा उनले काँग्रेसले अहिले राखेका माग व्यावहारिक र वैज्ञानिक नभएको बताउँदै त्यसलाई पूरा गर्न विगतमा काँग्रेसको नेतृत्वले समेत नसकेको बताए । प्रतिपक्ष रचनात्मक र जिम्मवार भई अगाडि बढनुपर्नेमा उनले जाेड दिए । नेता नेपालले पुष्पलालले कम्युनिस्ट पार्टीमा लोकतान्त्रिक संस्कार र सामाजिक विभेदविरुद्ध एकजुट भई चेतना भर्न सिकाएकाे र उनी वर्गीय विभेदमा लड्ने नेपाली राजनीतिका शिखर पुरुष भएकाे स्पष्ट पारे । एमालेका पोलिटब्युरो सदस्य वेदुराम भुसाल र नेता लोककृष्ण भट्टराईले मुलुकमा प्रजातन्त्रका लागि संयुक्त सङ्घर्ष गरी जानुपर्ने दृष्टिकोण पुष्पलालको भएको विचार व्यक्त गर्दै उहाँले सोचेजस्तो बाटोमा देशलाई पुर्याउन सामाजिक सद्भाव कायम गरी आर्थिक रुपान्तरण गर्नुपर्ने सुझाव दिए। युवा सङ्घ नेपालका उपाध्यक्ष दिलु पन्तले पुष्पलालको नेतृत्वमा पाँच जनाले गठन गरेको कम्युनिस्ट पार्टीले कम्युनिस्ट सिद्धान्तलाई देशभर फैलाएको र छपटक देशको नेतृत्वसमेत गरेको बताए । प्रतिष्ठानका अध्यक्ष लक्ष्मीभक्त उपाध्यायले नेपाली समाजलाई समुन्नतितर्फ लैजान कम्युनिस्ट दर्शनको खाँचोलाई अनुभव गरी पुष्पलालले भारतको कोलकातामा पार्टी स्थापना गरेको स्मरण गर्दै उहाँ नेपाली राजनीतिका शिखर पुरुषका रुपमा सदैव रहिरहने विचार व्यक्त गरे ।

madhab kumar nepal Pushpalal

विशेष