खेल ताजा खबर News

इटालीले स्पेनलाई हरायो, इङ्ल्याण्ड बाहिरियो

इटालीले स्पेनलाई हरायो, इङ्ल्याण्ड बाहिरियो

3 चीर प्रतिद्धन्दी इटलीसँग पराजित भएपछि साविक बिजेता स्पेन फ्रान्समा जारी युरोकप फुटबलबाट बाहिरिएको छ । फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा इटलीले स्पेनलाई २–० गोलले हराउँदै गत संस्करणको फाइनलमा ब्यहोरेको पराजयको बदलासमेत लिएको छ । सन् २०१२ को फाइनलमा स्पेनले इटलीलाई ४–० ले हराउँदै लगातार दोस्रो पटक उपाधि कव्जा गरेको थियो ।

4

स्पेनविरुद्ध इटालीका डिफेण्डर जरेजियो चेलिनीले गोलको खाता खोलेका हुन् । ३३ औं मिनेटमा एडर मार्टिनको फ्रि किक प्रहार रोकेपनि स्पेनिस किपर डेभिड डि गायले बल क्लियर गर्न नसक्दा पेनाल्टी एरियामा रहेका चेलिनीले सहजै बललाई जालीचुमाएका थिए । अतिरिक्त समयको पहिलो मिनेटमा ग्राजियानो पेल्लेले गोल गर्दै इटालीलाई २–० को जित सुनिश्चित गराए ।

1

त्यस्तै अर्को खेलमा आइसल्याण्डले इंग्ल्याण्डलाई २–१ ले हराउन सफल भयो । खेलको चौथो मिनेटमै इंग्ल्याण्डका कप्तान वायेने रुनीले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । आइसल्याण्डका गोलरक्षक हल्डोरसनले इंग्लिस फर्वाड रहिम स्टिर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गरेका थिए । तर इंग्ल्याण्डको अग्रता २ मिनेटपनि टिक्न सकेन । छ्रैटौं मिनेटमा रग्नर सिगुरोसनले बराबरी गोल फर्काए । १८औं मिनेटमा आइसल्याण्डले अप्रत्यासित अग्रता लियो । कोल्वेइन सिग्पोर्सनले गोल गरे र टोलीलाई दुई एकको अग्रता दिलाए ।

2

यो संगै क्वाटरफाइनल समिकरण पुरा भएको छ । अब सेमिफाइनलका लागि बिहीबार राति पोल्याण्ड र पोर्चुगल, शुक्रबार राति वेल्स र बेल्जियम, शनिबार राति जर्मनी र इटली तथा आइतबार राति आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

Uro cup

विशेष