परीक्षामा चिट चोरेको भन्दै जेल

असार १३ । भारतको बिहारमा राज्यस्तरीय विद्यालयको परीक्षामा चोरी गरेको भन्दै एकजना छात्रालाई दुई हप्ताको जेल सजाय सुनाइएको छ । आफ्नो विषयमा सर्वोत्कृष्ट नतीजा ल्याएकी रुबी रायले पुनर्परीक्षा उत्तीर्ण गर्न नसकेपछि उनलाई आइतबार गिरफ्तार गरिएको हो । उनले ‘पोलिटिकल साइन्स’ शब्दलाई राम्रोसंग उच्चारण गर्न नजानेको र त्यो शब्द खाना बनाउनुसंग सम्बन्धित ठानेको एउटा भिडियोमा देखिएपछि अधिकारीहरु सशंकित बनेका थिए । १७ वर्षीय रुबी राय बिहारमा राज्यस्तरीय परीक्षामा प्रथम भएकी थिइन् । उक्त परीक्षामा उनी अनुत्तीर्ण भएपछि उनलाई गिरफ्तार गरिएको थियो र उनको नतीजा रद्द गरिएको थियो ।