बिदेशमा कामगर्ने अधिकांश नेपाली अदक्ष
काठमाडौं, असार १४ । वैदेशिक रोजगारमा बर्सेनि अदक्ष कामदार जाने क्रम बढ्दै गएका कारण ठगिने र दुखद् घटनामा वृद्धि हुँदै गएको तर्फ ध्यानाकर्षण गराइएको छ । सामुदायिक विकासका लागि सहकार्य नेपाल र नवयुवा सरस्वती क्लबले गरेको ‘सुरक्षित आप्रवासन’ विषयको कार्यक्रमका सहभागीले राम्रोसँग कुरा नबुझी लहैलहैमा लागी वैदेशिक रोजगार जानाले पनि जोखिम बढ्दै गएको बताए । एक तथ्याङ्क अनुसार नेपालबाट वैदेशिक रोजगारमा ७४ प्रतिशत अदक्ष कामदार रहेको जनाइएको छ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक निर्मला थापाले सही सूचना समयमै नपाएका कारण पनि वैदेशिक रोजगार दुखद् बनेको बताइन् । कार्यक्रम प्रबन्धक खड्गबहादुर थापाका अनुसार नेपालका ५० लाख श्रमिक भारतमा विभिन्न क्षेत्रमा कार्यरत छन् ।
Foreign Emplyee