ताजा खबर News समाज

नेपाल–भारत सम्बन्ध सुध्रदैं

नेपाल–भारत सम्बन्ध सुध्रदैं

Nepal Bharat

असार १४ । संविधान जारीपछि एकाएक बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधारतर्फ अघि बढेको छ । महाभूकम्प र त्यसपछिको नाकाबन्दी लगायत कारणले रोकिएका नेपाल भारत दुईपक्षीय बैठकहरु एक महिनायता धमाधम हुन थालेका छन् । सिँचाइसम्बन्धी सहसचिवस्तरीय बैठक चार साताअघि भयो । लगत्तै सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समितिको बैठक बस्यो । ऊर्जा सचिवस्तरीय बैठक दिल्लीमा बस्दैछ भने सीमा विवादसम्बन्धी द्विपक्षीय बैठक काठमाडौंमा सकिएको छ ।

दुईपक्षीय अन्तरसरकारी समितिको बैठक पनि बस्दैछ । सन् १९५० लगायत दुईपक्षीय सन्धि सम्झौता पुनराबलोकन गर्न बनेको प्रबुद्ध समूहको बैठक पनि सातापछि काठमाडौंमा हुँदैछ । ग्यासलगायत अत्यावश्यक बस्तुको आपूर्तिमा देखिएका समस्या समाधान गर्न दुवै देशका अधिकारी छलफलमै छन् । वाणिज्य सन्धिअनुसार ६÷६ महिनामा हुनुपर्ने अन्तरसरकारी समिति (आइजीसी) को बैठक साढे दुई वर्षपछि मंगलबार नयाँ दिल्लीमा सुरु हुँदैछ । गत शुक्रबारमात्रै मूख्यसचिव सोमलाल सुवेदीसहितको उच्चस्तरीय नेपाली टोलीले विशाखापट्टनम बन्दरगाह पुगेर सांकेतिक उदघाटन गरेको थियो ।

पूर्वपरराष्ट्रमन्त्री डा. भेषवहादुर थापाले अहिले देखिएको बैठकको तयारी हेर्दा नेपाल–भारत सम्बन्ध ट्रयाकमा आउन लागेको अनुभूति भएको बताए । कान्तिपुर

Nepal Bharat

विशेष