गाविस सचिव अब शाखा अधिकृत
असार १४ । सरकारले लामो समयपछि भूकम्पबाट प्रभावित १४ जिल्लामा गाविस सचिवका रुपमा काम गर्न ५८ जना अधिकृत खटाएको छ । गाविस सचिवको अभावमा पुनर्निर्माण कार्य तीब्र गतिले अघि नबढेको अवस्थालाई मध्यनजर गर्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एकैपटक ५८ अधिकृतहरु खटाएको हो । अहिले भूकम्प प्रभावित जिल्लाहरुमा गाविस सचिवको अभावमा पुनर्निर्माण र अनुदान सम्झौताको काममा ढिलाइ भइरहेको छ। यस अवस्थालाई मध्यनगर गर्दै लामो गृहकार्यपछि उनीहरुलाई ३ महिनासम्म गाविस सचिव रहेर काम गर्ने गरी कामजमा खटाइएको मन्त्रालयका प्रवक्ता पूर्णचन्दै भट्टराईले जानकारी दिए ।
गाविस सचिवका लागि लोकसेवा आयोगले लिएको परुीक्षाको नतिजा आएलगत्तै ५८ जना अधिकृतहरुलाई फिर्ता गर्ने मन्त्रालयले तयारी गरिरहेको छ । भूकम्पबाट प्रभावित जिल्लाका ८२ वटा गाविसहरु सचिवविहीन छन् ।
Nepal Government