ताजा खबर विदेश

पाकिस्तानमा दुर्घटना १८ को मृत्यु

पाकिस्तानमा दुर्घटना १८ को मृत्यु

असार १४ । पाकिस्तानको दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १८ यात्रुको मृत्यु भएको छ । उक्त घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय उर्दू समाचार संस्था समा न्युजका अनुसार क्वेटाबाट कराँचीका लागि ४० यात्रुसहित छुटेको बस बलुचिस्तान प्रान्तको खुजदार इलाकाको जटिल मोडमा अघि बढ्ने क्रममा सडकबाट खोल्सामा खस्दा ११ जनाको मृत्यु भएको हो । उक्त बसमा यात्रारत २५ जना घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

त्यस्तै उत्तर पश्चिमी प्रान्त खाइबर पाक थुङ्ख्वामा भएको एक अर्को सडक दुर्घटनामा सात जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।

Pakistan

विशेष