नक्कली डाक्टरको रिट खारेज
असार १४ । गैरकानूनी रुपमा पक्राउ गरेर थुनेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरुले सर्वाेच्चमा दायर गरेको रिट खारेज भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका १० जनाले आफूलाई गैरकानूनी रुपमा पक्राउ गरेर हिरासतमा राखेको भन्दै सर्वाेच्चमा रिट हालेका थिए ।सुशीला कार्की र न्यायाधीश गोविन्द उपाध्यायको संयुक्त इजलासले रिट खारेज गरेको हो । रिट हाल्नेमा रामकुमार प्रधान, विनिता पाण्डे, सरोज घिमिरे, पन्नलाल पटेल, मोहम्द रुहुल्लाह, श्रीराम घिमिरे थिए । सिआईबीले कार्य क्षेत्र उलंघन पक्राउ गरेको आरोप उनीहरुको थियो । रिटको पक्षमा अधिवक्ताहरु शम्भू थापा, हरिहर दाहाल, बद्री कार्की लगायतले बहश गरेका थिए ।यसैबिच जिल्ला अदालत काठमाडौंले हिरासतमा राखी अनुसन्धान गर्न ५ दिन म्याद थप गरेको छ ।
Doctor