News स्वास्थ्य

किन लाग्दैन निद्रा

किन लाग्दैन निद्रा
Nidra मानिसको स्वास्थ्यमा राम्रो बनाउन हामिले खाने खानपानले महत्वपुर्ण भुमिका खेल्दछ । खानपानको कारणले नै हाम्रो दैनिकी कसरी चल्छ भन्ने निर्धारण गरिन्छ । मानिस स्वास्थ्य हुनको लागी खानपान जस्तै निद्रा पनि एक हो । खानपान संग मानिसको निद्राको गहिरो समबन्ध हुन्छ । कतीपय मानिसलाई राती निंद्रा नलाग्ने हुन सक्छ । किन लाग्दैन त निद्रा, जसको सामान्य कारण छन । चुरोट पिउनु यदि राम्रो निद्रा चाहनुहुन्छ भने धूमपान अहिल्यै छाड्नुस् । सन् २०१३मा गरिएको एक अध्ययनले एउटा खिल्ली चुरोटले १.२ मिनेटका निद्रा खलबलिन्छ । किनकि चुरोट पिउँदा हाम्रो शरीरले बाहिरैबाट निकोटिन लिने बानी पर्छ, जबकि सुत्दाखेरि नै प्राकृतिक रुपमा निकोटिन शरीरलाई मिल्छ चिया सामान्यतः मानिसहरु खाना खाएपछि एक कफ चिया या कफी पिउन मन पराउँछन् । तर, यदि तपाईंलाई राम्रो निद्रा चाहिएको छ भने यो बानी छाड्नुस् । यदि चियाकफी खानुहुन्छ भने समयमा निद्रा नलाग्ने त छ नै, आएको निद्रा पनि खलबलिने सम्भावना हुन्छ । चिया या कफीमा पाइने क्याफिनले निद्रा भगाउने काम गर्छ । रक्सी सेवन एक अध्ययनअनुसार राती सुतनुअघि रक्सी सेवन गर्नाले मष्तिष्कमा अल्फा उर्जा बढ.छ,जसबाट निद्रामा असर पुग्छ । सुत्नुअघि रक्सी सेवन गर्नेहरुलाई सुरुमा हल्का निद्रा परेपनि पछि यसले गहिरो निद्रामा खलल पार्छ । केही औषधि यदि तपाईं दैनिक रुपमा औषधि या सप्लिमेन्ट लिनुहुन्छ भने निद्रासम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन सक्छ । किनकि केही औषधिहरु खाएपछि तपाईं कयौं घण्टासम्म जागै रहनुहुन्छ । एन्टि डिप्रेसेन्ट औषधिले निद्रालाई धेरै प्रभाव पार्छ भने केही पेनकिलरले पेटमा गडबडी ल्याई निद्रामा असर पार्छ । चकलेट राती सुत्नुअघि खान नहुने खाद्यपदार्थमा चकलेट एक नम्बरमा पर्छ । यसले शरीरमा नकारात्मक असर पार्छ । यसमा चिल्लोपदार्थ र क्याफिनको मात्रा बढी हुन्छ । जसले निद्रामा बाधा पार्छ । आइसक्रिम राती खाना खाएपछि डेजर्टको रुपमा आइसक्रिम खाने बानी मानिसहरुको हुन्छ । तर, आइसक्रिमले निद्रा गायब पार्छ । यसमा चिल्लोपदार्थ र चिनीको मात्रा बढी हुन्छ, जसले शरीरमा उर्जा दिन्छ र यसबाट निद्रा गायब हुन्छ । मसालेदार खाना राती सुत्नुअघि मसालेदार खाना बढी खानाले अनिद्राको समस्या आउन सक्छ । तेल, खुर्सानीजस्ता मसालेदार खाना खाएपछि एसिड रिफ्लेक्सको समस्याका कारण निद्रामा असर पर्न सक्छ । यसैले सुत्नु दुई घण्टा अघि खाना खानुपर्छ भनिएको हो । धेरै पानी पिउनु शरीरलाई हाइड्रेट राख्न र विषालु तत्व बाहिर निकाल्न अधिकमात्रामा पानी पिउनु आवश्यक हुन्छ ।तर, सुत्नुअघि धेरै पानी पिउदा निद्रामा असर पर्न सक्छ । किनकि धेरै पानी पिउनाले राती पटकपटक बाथरुम जानुपर्ने हुन सक्छ । फोन मेसेज राती फोन गर्नुको साटो टेक्स्ट मेसेज गर्दा अरुलाई डिस्टर्ब हुँदैंन भन्ने ठानिन्छ । तर, निद्राका लागि यो बाधक हुन्छ । मेसेज गर्दा तुरुन्त जवाफ पाउन या दिन फोन साथै राख्नुपर्ने हुन्छ, जसबाट निद्रामा खलल पुग्छ । सन् २०११ मा अमेरिकाको नेशनल स्लीप फाउण्डेशनले गरेको सर्वेक्षणअनुसार १३ देखि १८ वर्षका किशोरकिशोरीहरुमध्ये दैनिक १० प्रतिशत बालबालिकाहरु रातीको समयमा फोन कल, टेक्स्ट मेसेज या इमेलका कारण जागै हुन्छन् । धेरै पानी पिउनु शरीरलाई हाइड्रेट राख्न र विषालु तत्व बाहिर निकाल्न अधिकमात्रामा पानी पिउनु आवश्यक हुन्छ ।तर, सुत्नुअघि धेरै पानी पिउदा निद्रामा असर पर्न सक्छ । किनकि धेरै पानी पिउनाले राती पटकपटक बाथरुम जानुपर्ने हुन सक्छ ।

Nindra

विशेष