कला साहित्य ताजा खबर News

राष्ट्रपति भण्डारीद्वारा ४ स्रष्टालाई सम्मान

राष्ट्रपति भण्डारीद्वारा ४ स्रष्टालाई सम्मान

Bidya असार १४ । नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट चारजना स्रष्टाहरु सम्मानित भएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा वरिष्ठ वेलावादक गोपालनाथ योगी, वरिष्ठ लोकगायक प्रचण्डबहादुर बुढाथोकी, वरिष्ठ नाटककार एवं नाट्यकर्मी महेन्द्र मलंगिया र वरिष्ठ नाट्य कलाकार सकुन्तला गुरुङ शर्मा रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई जनही १ लाख १ रुपैयाँसहित सम्मान गरेकी हुन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको छैटौं वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

Bidya Bhandari

विशेष