खेल ताजा खबर News

युरोकपमा को को पुगे अन्तिम आठमा, कसले को संग खेल्ने

युरोकपमा को को पुगे अन्तिम आठमा, कसले को संग खेल्ने

qf_draw असार १४ । फ्रान्समा जारी युरो २०१६ को क्वाटरफाइनलको समिकरण पुरा भएको छ । सोमबार राती भएको अन्तिम चार खेलको समाप्ति संगै क्वाटरफाइनलको समिकरण पूरा भएको हो । २४ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा अब आठ राष्ट्रमात्र बाँकी छन् । आयोजक फ्रान्स सहित पोल्याण्ड, पोर्चुगल, वेल्स, बेल्जियम, जर्मनी, इटली र आइसल्याण्ड अन्तिम आठमा प्रवेश गरेका छन् भने डिफेन्डिङ च्याम्पियन स्पेन र दाबेदारको रुपमा रहेको इंगल्याण्ड भने प्रिक्वाटरफाइनलबाटै बाहिरिए छन् । क्वाटरफाइनलका खेलहरु आगामी विहिबारबाट सुरु हुनेछ ।

Uro cup

विशेष