खेल ताजा खबर News

मेसीलाई राष्ट्रपतिको फोन तिमी सन्यास फिर्ता लेऊ

मेसीलाई राष्ट्रपतिको फोन तिमी सन्यास फिर्ता लेऊ

Copa America Centenario Argentina Chile Soccer अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका लियोनल मेसीलाई राष्ट्रिय टोलीमा फर्कन आग्रह गरेका छन् । राष्ट्रपति माउरिसियोले आफैले मेसीलाई फोन गरेर सन्यासको निर्णयबाट पछि हटेर टोलीमा फर्कन आग्रह गरेका हुन् । सोमबार अमेरिकाको न्यूजर्सीमा भएको कोपा अमेरिका फुटबलको उपाधि भिडन्तमा चिलीसँगको पेनाल्टी सुटआउटमा गोल गर्न चुकेका मेसीले अर्जेन्टिनाले हार ब्यहोरेपछि अर्जेन्टिनी टेलिभिजनसँगको कुराकानी गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

सन्यासको घोषणा गरे लगत्तै राष्ट्रपति म्याक्रीले मेसीलाई फोन गरेर अरुको आलोचना नसुन्न सुझाव दिँदै टोलीमा फर्कन आग्रह गरेका हुन् । राष्ट्रपति मार्सीले मेसीको पक्षमा आफ्नो ट्वीटरमा समेत लेखेका छन् । मलाई आशा छ मेसी तिमी र अर्जेन्टिनी फुटबल टिमको राम्रो प्रदर्शन विश्वमै उत्कृष्ट रहेको वर्षौ वर्ष देख्न पाइराखियोस् । त्यस्तै उनको सन्यास फिर्ता लिन म्याराडोनाले पनि आग्रह गरेका छन् । उनको घोषणा फिर्ता लिनका लागि हज्जारौ अर्जेन्टिनी जनता मेसीको जर्सी लगाएर पदर्शन गरेका छन् ।

Messi

विशेष