मनोरञ्जन News

मलाई दिपिकाले जति खुशी अरु कसैले पनि दिन सक्दैन

मलाई दिपिकाले जति खुशी अरु कसैले पनि दिन सक्दैन

15 बलिउडमा यस्ता धेरै प्रेमजोडीहरु छन जसले दिएको अभिब्यक्तिले बलिउडमा तरंग पैदा गर्ने गर्दछ । बलिउडमा चलीरहने ‘प्रेमकथाहरू’को चर्चामा अहिले अग्रपंक्तिमा रनबिर सिंह र दिपिका पादुकोणको नाम आउँछ ।यो प्रेमिल जोडीले आफ्नो प्रेमका बारेमा खुलेर केही नबोले पनि उनीहरुले एकअर्काको बारे दिने अभिव्यक्तिले भने यी दुईबीचको प्रेम सम्बन्ध उत्कर्षमा रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

उनीहरु बेलाबेलामा एकले अर्कालाई सुटिगं छोडेर भेट्न जाने र एक अर्कासंग समय बिताउने गर्दछन । त्यस्तै बिभिन्न कार्यक्रममा एकले अर्काको प्रशंसा गर्न छुटाउदैनन् ।यसै अनुमानमा थप बल पुर्याएको छ रनबिर सिंहले आईफा अवार्ड–२०१६ मा दिपिका बारे दिएको अभिव्यक्तिले । सर्वोत्कृष्ट अभिनेताको उपाधी हात पारेपछि रनबिरले आफ्नो भाषणमा भने, ‘मलाई दिपिकाले जति खुशी अरु कसैले पनि दिन सक्दैन ।’

Ranbir Kapoor

विशेष