इराकमा भएको आत्मघाती हमलामा १२ जनाकाे मृत्यु

असार १४ । इराकमा भएको आत्मघाती बम विष्फोटमा परी १२ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । आत्मघातीले विष्फोट एक मस्जिदमा गराएका थिए । फलुजा शहर विद्रोहीको कब्जाबाट सरकारी नियन्त्रणमा आएसंगै इराकमा आत्मघाती हमलाको शृंखला बढ्दै गएको छ । रमजानको समय भएकोले प्राथनामा गएका समयमा आत्मघाती हमला बढ्दै गएको इराकी अधिकारीहरुले जनाएका छन् । घटनाको जिम्मा इराकी विद्रोही संगठनले लिएको छ ।