ताजा खबर News

प्रम अाेलीको भ्रमणपछि नेपाल–भारत सम्बन्ध सामान्य बन्दैः पूर्वराजदूत उपाध्याय

प्रम अाेलीको भ्रमणपछि नेपाल–भारत सम्बन्ध सामान्य बन्दैः पूर्वराजदूत उपाध्याय
असार – १४ । भारतकालागि निवर्तमान नेपाली राजदूत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध सामान्य बन्दै गएको बताएका छन् । Deepak kumar Upadhya रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ भारतले नेपाललाई प्राथमिकता दिएको छ । एकै वर्ष दुई पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाँच पटक विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमण भईसकेको छ । प्रशासनिक संयन्त्रहरुको बैठक पनि नियमित भईरहेको छ । दुई देशको प्रबुद्ध समूहको बैठक पनि बस्दैछ । अब हामीले नकारात्मक टिप्पणी गर्नु हुँदैन । नन ईश्यूलार्य ईश्यू बनाएर अल्झनु हुँदैन ।’ उपाध्यायले चीनले समेत नेपालको आर्थिक विकास र आपूर्तिकोलागि भारतमै भरपर्नु पर्ने भएकोले दुई देशको सम्बन्ध राम्रो हुनु पर्नेमा जोड दिदै आएको उल्लेख गर्दै नेपाल भारत सम्बन्धमा एक अर्कासँग गर्व गर्न सक्नु पर्ने भएकोले यसमा शंका गर्नु आफैमा शंका गर्नु जस्तो हुने तर्क गरे । Rajan Battari त्यस्तै नेपाल–भारत प्रबुद्ध समूहमा नेपाली टोलीका सदस्य डा. राजन भट्टराईले दुई मुलुकको सम्बन्ध क्रमैसँग सुध्रदै गएको भन्दै यसको पछिल्लो कडिको रुपमा नेपाल र भारतका राष्ट्रपतिको एक अर्को देशमा भ्रमण गराउने गरी तयारी सुरु भईसकेको जानकारी दिए । भट्टराईले नेपालमा असार २० र २१ गते प्रबुद्ध समूहको काठमाडौमा बस्ने पहिलो बैठक परिचयात्मक बैठक हुने स्पष्ट पार्दै पहिलो बैठकले समूहको दुई वर्षे कार्यकालमा के के गर्ने भन्ने विषयका योजना बनाउने जानकारी दिए । उनले समूहको बैठक प्रत्येक तीन तीन महिनामा बस्ने र त्यसले नेपाल भारत सम्बन्ध सुमधुर पार्न दुई देशवीचका सन्धी, सम्झौताहरुलाई समयानुकुल बनाउन आवश्यक सुझाव दिने बताए ।

Deepak Kuamr Upadhaya KP Sharma Oli Nepal-India Rajan Bhattari

विशेष