के नेपालमा गरीबहरुको संख्या घटेकै हाे त ? यस्ताे छ विश्व बैंककाे तथ्यांक
काठमाण्डौं १४ असार । विश्व बैंकले नेपालीहरुको जीवनस्तरमा आएको सुधारसँगै नेपालमा गरीबहरुको संख्या उल्लेख्य रुपमा घटेको तथ्यांक सार्वजनिक गरेको छ ।
[caption id="attachment_8705" align="alignnone" width="687"] फोटो - लोकप्रियसमाचार डट कम[/caption]
विश्व बैंकले नेपालमा गरीबको संख्या २३.७ बाट झरेर १४.९ प्रतिशतमा आएको जनाएको छ । राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । पहिले गरीबको संख्या ६२ लाख ७९ हजार १९७ जना थियो । अहिले घटेर ३९ लाख ४७ हजार ६८१ जनामा सीमित भएको छ ।
रेमिटेन्सका कारण नेपालीहरुको जीवनस्तरमा आएको सुधारले गरीबी घटेको ठम्याइ विश्व बैंकको हो । विश्व बैंकले नेपालीले खर्च गर्ने क्षमताका आधारमा गरीबी घटेको जनाएको छ । विश्व बैंकले केही निश्चित खाद्य तथा उपभोगका बस्तुहरुलाई लिएर नेपालमा त्यो प्राप्त गर्न कति लाग्छ र अमेरिकामा कति लाग्छ भनेर तुलनात्मक अध्ययन गर्छ ।
त्यसैका आधारमा पर्चेजिङ पावर प्यारेटि (पिपिपी) तयार हुन्छ । यसलाई आधार मानेर विश्व बैंकले पछिल्लो समय नेपालमा गरीबको संख्या ह्वात्तै घटेको तथ्यांक सार्वजनिक गरेको हो । नेपाल रेमिटेन्स भित्राउने विश्वकै तेस्रो स्थानमा छ । नेपालले कुल २९.२ प्रतिशत रेमिट्यान्स भित्राउँछ । नेपालमा करिव ६ खर्ब रुपैयाँ रेमिटेन्स भित्रिने गरेको छ ।
world bank ko tathyank nepal ma garibi