ताजा खबर News

१६ गते सिंहदरबार घेर्ने बिप्लव माओबादीको तयारी नेतृत्व जन सरकार प्रमुख -सन्तोष बुढाले गर्ने

१६ गते सिंहदरबार घेर्ने  बिप्लव माओबादीको तयारी नेतृत्व जन सरकार प्रमुख -सन्तोष बुढाले गर्ने
काठमाडौ  १४  असार   नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओबादीले असार १६ गतेको सिंहदरबार घेराउलाई सशक्त बनाउन कम्तीमा ४ हजार नेता कार्यकर्ता तैनाथ गर्ने रणनीति तय गरेको छ । sigha-durbar-gherau-- सिंहदरबार घेराउका लागि काठमाडौ, ललितपुर र भक्तपुर तीन ओटै जिल्लालाई उत्साहजनक ढंगले कार्यकताहरु परिचालन गर्न निर्देशन गरिसकेको माओबादी जनपरिषदका अध्यक्ष समेत रहेका उपत्यका इन्चार्ज सन्तोष बुढा मगरले  जानकारी दिए । बुढा माओबादीले गठन गरेको समानान्तर सरकारका प्रमुख हुन् । त्यस्तै बिद्यार्थि, युवा,मजदुर र महिला संगठनले पनि आ आफ्नो क्षेत्रको मजबुत उपस्थितीका लागि जोड गरिरहेको उनले बताए । बढ्दो महंगी,भ्रष्टाचार, दलाली र माफियाकरणले सर्बसाधारणलाई श्वास फेर्न समेत कठिन हुने स्थिती राज्यले निम्त्याएकाले आफुहरुले बिरोध गर्नु परेको माओबादी जनपरिषदका अध्यक्ष बुढाको दाबी छ । उनले सिंहदरबार घेराउ, प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम एकैसाथ तय गरिएको पनि जानकारी दिए । पार्टी केन्द्रीय योजना अनुसार काठमाडौले मात्रै ४ हजार कार्यकर्ता परिचालित हुन आफ्नो मातहतका निकायलाई निर्देशन गरेको छ ।काठमाडौ सेक्रेटरी माइला लामाले जिल्लाका आठ ओटा इलाकाबाट ४ हजार नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तक परिचालन गर्न मातहतका इलाका सेक्रेटरीलाई निर्देशन दिइसकेको एक इलाका सेक्रेटरीले जानकारी दिए ।

biplab maoist shihadarwar gherau

विशेष