ताजा खबर News

नयाँ शक्तिकाे नयाँ याेजना - प्रत्यक्ष निर्वाचन प्रणाली, हरियाे नेपाल बनाउने

नयाँ शक्तिकाे नयाँ याेजना - प्रत्यक्ष निर्वाचन प्रणाली, हरियाे नेपाल बनाउने
असार - १४ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले व्यवस्थापन पक्षका कमीकमजाेरीलार्इ समिक्षा गर्दै अागमी दिनमा थप सुधार प्रतिवद्धता सहित ३ सहसंयोजक र ७ प्रदेश संयोजकहरु चयन गरेको छ । naya shakti चार दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउने भएकाे छ । रामचन्द्र झा, महेश कोमर्चा र दुर्गा सोबलाई सहसंयोजक बनाएको हो । झा मधेसी कोटाबाट, कोमर्चा आदिवासी जनजातिबाट र सोब महिला एवम् दलितबाट सहसंयोजक बनेका नयाँ शक्ति नेपालले जानकारी दिए । केन्द्रीय कार्य समितिमा महिला दलित जनजाति सबैकाे समानुपातिक सहभागीता रहने बताइएकाे छ । देशभर एक लाख वृक्षराेपण गरी हरियाे नेपा अभियान चालइने । महंगी कालाेबजारी भ्रष्टचार विरुद्ध अभियान चालउने । भूकम्प प्रभावित क्षेत्रमा पूननिर्माण कार्यक्रम संचालन गर्ने । महिला हिंसाविरुद्ध अभियान चालउने पूर्ण कालिन सदस्यकाे लागि खर्चकाे व्यवस्था गर्ने निर्णय  गरेकाे छ । नयाँ शक्तिले सात प्रदेशमा सात संयोजकहरु पनि तोकेको छ । एक नम्बर प्रदेशमा पासाङ शेर्पा, दुईमा महेन्द्र पासवान, तीनमा गंगा श्रेष्ठ र चार नम्बर प्रदेशमा बलावती शर्मालाई संयोजक बनाइएको छ । त्यस्तै पाँच नम्बर प्रदेशमा सुरेन्द्र चौधरी, ६ नम्बरमा भक्तबहादुर शाह र सात नम्बर प्रदेशमा लीला भण्डारीलाई संयोजक बनाइएको छ । अन्तर्राष्ट्रिय विभागको संयोजक बाबुराम पत्नी हिसिला यमीलाई र र साँस्कृतिक विभाग प्रमुख नायीका करिश्मा मानन्धरलाई बनाइएको नयाँ शक्ति नेपालले जनाएको छ ।

विशेष