News

प्रधानमन्त्रीले कांग्रेसलाई भने- भूकम्प पीडितको नाममा थोत्रो राजनीति नगरौं

प्रधानमन्त्रीले कांग्रेसलाई भने- भूकम्प पीडितको नाममा थोत्रो राजनीति नगरौं

असार - १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक भूकम्प पीडित जनताको नाममा खोक्रो राजनीति नगर्न प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। मदन भण्डारीको ६५ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले जनताको पीडाको सहारा लिएर थोत्रो राजनीति नगर्न सचेत गराएका हुन्। भूकम्प पीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिन माग गर्दै केही दिनदेखि कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति अाएकाे हाे ।

‘हामी कसरी हुन्छ भूकम्पबाट ध्वस्त भएका संरचना पुनर्निर्माण गर्ने, जनताको पीडामा मल्हम लगाउने भन्नेमा सम्वेदनशील छौ', प्रम ओलीले भने, ‍'तर यही विषयलाई अहिले अनावश्यक राजनीति गर्न खोजिएको छ। यो समय भनेको थोत्रो राजनीति गर्ने समय होइन। झुठ र निरर्थक राजनीति गर्ने समय होइन ।

सहकार्य गर्ने समय हो।’भूकम्प पीडितलाई ओतमा राख्न नेपाली सेनाले सामुहिक आवास बनाएको पनि प्रम ओलीले जानकारी दिए। आउँदो माघ ७ गते संसद्को समय सकिने भन्दै प्रम ओलीले भने त्यसअघि नै स्थानीय, प्रादेशिक र संघको चुनाव गर्नुपर्ने बताए। ‘२०७४ माघ ७ गतेभित्र संसद्को समय सकिन्छ। कम्तीमा माघ ७ गतेभित्र स्थानीय निकायको निर्वाचन, प्रादेशिक संरचनाको निर्वाचन, सीमानाको निर्क्यौल, प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन गरिसक्नुपर्छ।

KP Sharma Oli Madan Bhadari

विशेष