भाग्दाभाग्दै बितेको हरिप्रसाद पराजुलीको १ वर्ष
रोपाईं भन्ने बित्तिकै नर्बिसिने नाम भएको छ : हरिप्रसाद पराजुली । २०७२ साल असार १५ गते विहानैदेखि तत्कालिन कृषिमन्त्री पराजुली व्यस्त थिए । राष्ट्रिय कृषि अनुसन्धान परिषद् नार्कको कार्यक्रम सकेर उनी हतारहतार दिउंसो मूलपानी पुगे । सानदाररुपमा रोपाईंको औपचारिक कार्यक्रम सकियो । त्यसपछि हिलो खेल्न थालियो । मन्त्रीले रोपाईंको ठाऊंमा ‘छोपाई’ थाले । विन्दास देखिन्थे मन्त्री । मजा लिनु त यसरी भनेजस्तो गरी उनी हौसिएका थिए । सायदै, उनले सोको परिणाम घातक होला भन्ने सोचेका थिए ।
उनी घर पुग्दानपुग्दै उनको गतिविधि सामाजिक संजालमा भाइरल भइसकेको थियो । कृषिमन्त्री पराजुली ‘किस मन्त्री’मा रुपान्तरण भइसकेका थिए ।
भोलिपल्ट बिहानै उनी चिया उत्पादकहरुले राखेको कार्यक्रममा सहभागी भए । काठमाडौंको होटल इन्द्रेणीमा उनले घण्टौं बिताए । त्यही उनले एउटा टेलिभिजनलाई अन्तवार्ता दिए । उनका गतिविधिको तस्विर देखाएर लिइएको सो अन्तवार्तामा उनी आफूलाई बचाउंन खोजिरहेका थिए । तर, परिस्थिति उनको बशबाहिर भइदियो ।
उनका बारेमा पार्टीभित्रैबाट चर्को बिरोध भयो । सांझ एक रेडियोलाई अन्तवार्ता दिए । उनी झन्झन् आलोचित हुंदै गए । १७ गते उनले दूरव्यवहार गरेका भनिएका महिलाले रमाइलो मात्र गरेको र कुनै दूरव्यवहार नभएको भन्दै पत्रकार सम्मेलन गरे । तर, उनको पक्षमा आयोजित पत्रकार सम्मेलन पनि फलदायी भएन । उनी राजीनामा गर्न बाध्य भए ।
त्यसपछि उनी गुमनाम भए । मन्त्रीबाट हटे पनि मन्त्री क्वार्टरबाट हटेनन् । उपप्रधानमन्त्री एंव गृहमन्त्री बामदेब गौतमले कृषि मन्त्रालयको समेत जिम्मेवारी लिए । भुमिगत रुपमा पराजुलीले नै मन्त्रालयको फाइल हेर्थे । केही समयपछि उनको क्वार्टर बसाइ पनि सार्वजनिक भयो । क्वार्टरबाट बाहिरिए । त्यसयता उनी पूर्णतया भुमिगत जस्तै छन् । यत्ति हो उनी बाहिरी दुनियांका लागि भुमिगत भए पनि पार्टी काममा भने सक्रिय छन् ।
एउटा सामान्य असावधानीले व्यक्तिको जीवनमा कति ठूलो प्रतिकुलता आउंछ भन्ने बारेको सन्देशमूलक आलेख तयार गर्न नेपाल आजले जेठ ९ गते उनलाई सम्पर्क ग¥यो । उनले आफु काठमाडौं बाहिर भएकाले जेठ १४ गते सम्पर्क गर्न भने । फेरी उनले जेठ २५ लाई मिति सारे । जेठ २५ गते उनले आफु बाहिर रहेकाले असार ७ गते सम्पर्क गर्न भने । सात गते फेरि ११ गते विहान १०ः३० मा सम्पर्क गर्न भने । उनलाई ८ बजे सम्पर्क गरियो । उनी २ घण्टा पहिले नै सम्पर्क किन गरेको भन्दै झोक्किए । मतलब उनी आफूले दिएको समयका बारेमा पूरै जानकार देखिए । उनी भन्दै थिए,‘मान्छे कहां हुन्छ ? के हुन्छ ? जतिबेला पायो त्यतिबेला फोन गर्ने । साडे दश भनेपछि त्यतिबेलै गर्ने ।’
समयप्रतिको उनको सचेतनालाई सम्मान नगर्ने कुरा भएन । उनी भन्दै गए, ‘सूचना विभागको कार्ड नबोकेका तर घरगाडी जोडेका थुप्रै पत्रकार छन् । पत्रकारसंग हिसावकिताव नराखि हुंदैन ।’ त्यस्ता पत्रकारको समेत पोल खोल्ने गरी अन्तवार्ता गर्ने सहमति उनीसंग भयो । बल्खुस्थित किसान महासंघको कार्यालयमा भेट्ने तय भयो ।
साडे दश बज्यो उनको फोन उठेन । फेरि गरियो, फोन काटियो । नेपाल आजको टिम बल्खु हानियो । त्यहांको कार्यालयबाट गरेको फोन उठ्यो । उनले आफू भक्तपुरको जगाते भन्ने ठाऊंमा किसानहरुको भेलामा रहेको जनाए । उनी भएको भनिएको ठाऊंको विवरण लिएर टिम भक्तपुर पुग्यो । उनी भेटिएनन् ।
केही समयपछि फोन उठ्यो । उनले भने, ‘म कृषिको मान्छे । किसानलाई प्रशिक्षण दिएर पैसा आउंछ । किसानले पनि सिक्छन् । अन्तवार्ता दिएर के आउंछ ?’ उनले २५ सय रुपैयां दिए किसानलाई प्रशिक्षण दिन आउने खुलाए । हामीले अन्तवार्तावापत नै सो रकम दिने जवाफ फर्कायौं । उनले आफू पोखरा जान लागेको र १६ गते मात्रै फर्कने जनाए । अहिले भ्याइएन, १६ गतेपछि कुरा गरौला भन्दै उनले फोन राखे ।
यसको सोझो अर्थ हो उनी असार १५ टार्न चाहन्थे ।
हरिप्रसाद खांटी तर बोलिका खोटी
हरिप्रसादको वास्तविकता बुझ्न हामीले नेकपा एमालेका केही नेता र उनको गृहजिल्ला बांकेका केही व्यक्तिलाई सम्पर्क गर्यौ । उनीहरुले हरिप्रसाद व्यवहारमा खाटी भएको जनाए । एक नेताले नाम नबताउने सर्तमा भने, ‘एमालेमा माक्र्सवादको गहिरो अध्ययन भएका नेता मध्येका एक हुन् पराजुली । कृषिमा उनको राम्रो दख्खल छ । पहिलेदेखि नै बामदेब गौतमका लेखरचना उनैले लेखिदिने गर्थे । खाशमा बामदेबलाई बामदेब बनाएकै पराजुलीले हो ।’ बफदार पराजुलीलाई मौकामा चौका हान्दै बामदेबले पाएको बेलामा मन्त्री बनाइदिएका थिए । मन्त्री भएसंगै उनको भुमिका राष्ट्रिय राजनीतिमा देखिएको थियो । अहिले उनलाई एमालेले मनोनित केन्द्रीय सदस्य बनाएको छ । किसान महासंघको उनी उपाध्यक्ष छन् ।
उनी छुचो बोल्ने र ब्यवहारमा हलुकापन देखाउने गर्दछन् । फुर्कने र हौसिने बानीले उनलाई बर्बाद बनाएको उनी निकट रहेकाले बताए । उनले टेलिभिजन अन्तवार्तामा भनेका थिएः फुच्चेमन्त्री भन्दै दिदीबहिनीले हिलो छ्यापेपछि वातावरण रमाइलो भयो । मलाई हिलो लागेपछि मैले पनि लगाइदिएको हुं । खाशै केही भएको होइन । उनले खाशै केही नभएको भने पनि उनका लागि सो घटनाले सबै गरिदियो । आज पनि उनका बारेमा मान्छेले चर्चा गर्छन । जहां जांदा पनि कानेखुशी गर्छन । हिजो नजिकै आएर बस्ने पार्टीभित्रका चेलिबेटी सार्वजनिक स्थलमा परपर सर्छन् । त्यसैले त विचरा हरिप्रसाद १ वर्षयता भागेको भाग्यै छन् ।
र याे पनि,
प्रियंका, बरदानरुपी रोचकसंग किन गर्यौ सम्बन्ध बिच्छेद?
कृष्णदास महाराजः महायोगी कि महाढोंगी ? (भिडियो सहित)
भारतीय दुतावास यसरी बन्यो नेपालको अर्को सरकार, कमल थापाको देखियो असली अनुहार (भिडियो सहित)
Ashar 15 CPNUMl dhan diwash hari prasad parajuli