ताजा खबर प्रवास News

नेपाली दूतावासको छाप एवम् दस्तखत कीर्ते गर्ने मेनपावरका सञ्चालक पक्राउ

नेपाली दूतावासको छाप एवम् दस्तखत कीर्ते गर्ने मेनपावरका सञ्चालक पक्राउ
असार - १४ । कतारस्थित नेपाली दूतावासको छाप एवम् दस्तखत कीर्ते गर्ने अमिदावा बुद्ध मेनपावर प्रालिका दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । pakraow सञ्चालकहरु म्याग्दी देवीस्थान गाविसका सहबहादुर राना र सोही जिल्लाको दाना गाविसका नेत्रबहादुर पुनलाई महानगरीय अपराध महाशाखाको टोलीले आज पक्राउ गरेको हो । सो मेनपावरले कतारस्थित स्टिलका ट्रेडिङ कन्स्ट्रक्सन कम्पनीको कामदार पठाउन भनी उक्त कम्पनीले माग पत्रमामा कतारस्थित नेपाली राजदूवासको छाप र कर्मचारीको दस्तखत कीर्ते गरी कागजपत्र पेस गरेको भेटिएको प्रहरीले जनाएको छ । उनीहरुलाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । रासस

Buddha Manpower manpower

विशेष